News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले सार्वजनिक कार्यक्रमलाई अनुशासित र व्यवस्थित बनाउन कार्यविधि बनाएको छ र यो जेठ १ गतेबाट लागू गरिनेछ।
- कार्यविधि अनुसार सबै तहका पार्टी संरचनाले निर्धारित समयमै कार्यक्रम सुरु र अन्त्य गर्नुपर्दछ र प्रमुख अतिथि नभए पनि कार्यक्रम सुरु गर्नुपर्नेछ।
- कार्यक्रममा घृणा, द्वेष, जातीय, क्षेत्रीय, धार्मिक, लैंगिक विभेदजन्य शब्द प्रयोग गर्न नपाइने र माला, खादा, ब्याचलगायत प्रयोग बन्देज गरिएको छ।
७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सार्वजनिक कार्यक्रमलाई व्यवस्थित बनाउन कार्यविधि बनाएको छ । पार्टीले आयोजना गर्ने कार्यक्रमलाई अनुशासित र व्यवस्थित बनाउन तयार हुने कार्यविधिलाई जेठ १ गतेबाट लागू गरिने बताइएको छ ।
जिल्ला र प्रदेशको सुझाव लिएर कार्यविधिलाई अन्तिम रुप दिने कांग्रेसको तयारी छ । कार्यविधि अनुसार अबदेखि सबै तहका पार्टी संरचनाले कार्यक्रम गर्दा निर्धारित समयमै कार्यक्रम सुरु र अन्त्य गर्नुपर्दछ । प्रमुख अतिथि समयमा उपस्थिति नभए पनि कार्यक्रम सुरु गर्नुपर्ने कार्यविधि बनाइएको छ ।
वक्ताको समय कार्यक्रम अघि नै निर्धारण गरी त्यही अनुसार बोल्ने समयको ख्याल गर्नुपर्दछ । सभापति र एकजना वक्ता मात्रै मञ्चमा बस्ने राख्ने गरी कार्यविधि तयार पारिएको छ ।
‘कार्यक्रम सुरु भएको १५ मिनेटपछि बीचमा आशन ग्रहण कार्यक्रम नराख्ने, मञ्चमा भिडभाड गर्न नपाउने, कार्यक्रमस्थल अपाङ्गता भएका व्यक्तिलाई समेत पहुँचयोग्य हुनेगरी व्यबस्थापन गर्ने’ कार्यविधिमा भनिएको छ ।
वक्ताले उपस्थितहरुका लागि सम्बोधन गर्न लामो समय खर्चन नहुने र एकमुष्ट सम्बोधन गरेर गर्नुपर्ने उल्लेख छ । वक्ताले राख्ने मुद्दाहरूका विषय केन्द्रित हुनुपर्ने कार्यविधि बनाइएको छ ।
घृणा, द्वेष, हिंसात्मक शब्द, जातीय, क्षेत्रीय, धार्मिक, लैंगिक, सामाजिक विभेदजन्य, अपमानजनक शब्दहरू प्रयोग गर्न नपाउने कार्यविधि बनाइएको छ ।
कार्यक्रममा माला, खादा, ब्याचलगायत प्रयोगलाई बन्देज गर्ने कार्यविधि बनेको छ ।
प्रतिक्रिया 4