News Summary
Generated by OK AI. Editorially reviewed.- मच्छिन्द्र क्लब, काठमाडौंले मलेसियाको एन पेनाङ एफसीलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै तेस्रो एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
- खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा मच्छिन्द्रका सनिस श्रेष्ठ, मिलन चाम्लिङ राई र कप्तान देवेन्द्र तामाङले गोल गरे।
- मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारीलाई उत्कृष्ट प्रदर्शनका लागि 'म्यान अफ द म्याच' घोषित गरिएको छ।
७ वैशाख, इलाम । तेस्रो एनआरएनए इलाम गोल्डकपअन्तर्गत सम्पन्न क्वाटरफाइनल खेलमा मच्छिन्द्र क्लब, काठमाडौंले मलेसियाको एन पेनाङ एफसीलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरमार्फत टुंगिएको हो । टाइब्रेकरमा मच्छिन्द्रका सनिस श्रेष्ठ, मिलन चाम्लिङ राई र कप्तान देवेन्द्र तामाङले गोल गरे । यता, दीपेश गुरुङको प्रहार मलेसियाका गोलरक्षक प्रिसोले बचाउँदा दिवाकर चौधरीको प्रहार पोस्ट बाहिरिएको थियो ।
मलेसियाका तर्फबाट डेभिड र पाउल फेमीले मात्र गोल गर्न सफल भए । लाहाङ सुब्बा र निशान लिम्बुको प्रहार भने मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारीले उत्कृष्ट बचाउ गरे । मलेसियाका गोलरक्षक प्रिसोले प्रहार गरेको पेनाल्टी पोस्ट बाहिरिएपछि टोली दबाबमा परेको थियो । उत्कृष्ट प्रदर्शन गरेका मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारी ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिता अन्तर्गत भोलि अन्तिम क्वाटरफाइनल खेलमा न्युरोड टिम (एनआरटी), काठमाडौं र चित्लाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया 4