+

बक्सिङको विवादका विषयमा छानविन गर्न राखेपले बनायो छानविन उपसमिति

२०८३ वैशाख  ८ गते २२:४६ २०८३ वैशाख ८ गते २२:४६
बक्सिङको विवादका विषयमा छानविन गर्न राखेपले बनायो छानविन उपसमिति

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषदले बक्सिङ क्षेत्रमा देखिएका विवाद समाधान गर्न भोजानन्द राईको संयोजकत्वमा तीन सदस्यीय छानविन उपसमिति गठन गरेको छ।
  • उपसमितिले बक्सिङ महासंघका पदाधिकारीमाथि परेको उजुरी र निवेदनको छानविन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ।
  • छानविन उपसमितिले नियम, कानून र संघको विधानको आधारमा अध्ययन गरी आवश्यक कागजात र सरोकारवाला पक्षसँग समन्वय गर्ने व्यवस्था राखिएको छ।

८ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपालको बक्सिङ महासंघ देखि बक्सिङ क्षेत्रमा देखिएका विभिन्स विवाद र समस्याहरु समाधान गर्नका लागि छानविन उपसमिति गठन गरेको हो ।

राखेपको कार्यकारी समितिको मंगलबार बसेको बैठकले राखेप प्रशासन विभाग प्रमुख भोजानन्द राईको संयोजकत्वमा तीन सदस्यीय छानविन उपसमिति गठन गरेको हो ।

यस उपसमितिको बाँकी दुई सदस्यमा राखेप कानुन शाखा प्रमुख नारायणराज अर्याल र राखेप खेलकुद विकास विभागका प्रशासकिय अधिकृत सानुराज केसी छन् ।

बक्सिङको विभिन्न विवादको सम्बन्धमा प्राप्त भएको उजुरी र निवेदन समेतको अध्ययन एवं सरोकारवाला पक्षहरुसंग छलफल र आवश्यक छानविन गरी उपयुक्त सुझाव सहितको प्रतिवेदन सात कार्य दिन भित्र पेश गर्न समयसिमा दिइएको छ ।

‘नेपाल बक्सिङ महासंघका पदाधिकारी उपर महासंघका सचिव पुष्करराज पन्तलाई नियम विपरित बर्खास्त गरी परिषदका यस अघिका नेतृत्वलाई अनियमितता ढाकछोप गर्नका लागि सवारी साधन नै खरिद गरी उपलब्ध गराएको भनी परेको उजुरी, छानविन गरी दोषी उपर कारवाही गरी पाउँ भनि पुष्करराज पन्तले २०८२ पुस ८ गते पेश गरेको निवेदन, नेपाल बक्सिङ महासंघका अध्यक्ष र उपाध्यक्ष किरण बहादुर श्रेष्ठ लगायतका पदाधिकारीहरुले राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने कार्य गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी तथा राखेपको बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरले आफूलाई सहायक प्रशिक्षक दिपक महर्जनले खेलाडीहरुकै अगाडी अभद्र व्यवहार गरी अपशब्द प्रयोग गरेको सम्बन्धमा परिषद्‌द्मा दुई पटक कारवाहीका लागि निवेदन समेत पेश गरेको सम्बन्धमा के कसो भएको हो? भन्ने विषयमा छानविन गरि प्रतिवेदन तयार पार्न छानविन उपसिमितिलाई जिम्मेवारी दिइएको छ’ राखेपले भनेको छ ।

उक्त समितिलाई उजुरीको विषयसँग सम्बन्धित आवश्यक कागजात अध्ययन गर्ने, उजुरीको सम्बन्धमा सरोकारवाला पक्षहरुसँग समन्वय गरी प्रतिवेदन तयार गर्ने, विवरण तयार गर्दा प्रचलित नियम, कानून र संघको विधानको आधारमा तयार गर्ने, तोकिएको समयभित्र छानविन प्रतिवेदन पेश गर्ने, उपसमितिले आफ्‌नो बैठकको कार्यविधि आफैले निर्धारण गर्न सक्ने गरी छानविनको कार्यक्षेत्र तोकिएको छ ।

बक्सिङ विवाद राखेप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय