९ वैशाख, ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ आज गाबहालबाट मंगलबजारसम्म तानिँदैछ । वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको दर्शन र आशीर्वाद लिन रथ भएको स्थानमा भक्तजनहरुको भीड लागेको छ ।
मंगलबार पुल्चोकबाट रथ तानेर गाबहाल पुर्याइएको थियो ।
परम्पराअनुसार आज दिनभरि गाबहालमा जात्रा मनाउने र पूजा हुने गर्दछ । अपराह्न रथलाई मंगलबजारतर्फ तान्ने कार्यक्रम छ । आज मंगलबजार पुर्याइएपछि रथलाई केही दिन त्यहीँ राखिने र त्यसपछि अन्य गन्तव्यहरुमा लैजाने परम्परा छ ।
पाटनको प्रसिद्ध यो रथयात्रा नेपालकै लामो जात्रा मध्ये एक हो । उपत्यकामा वर्षा गराउनका लागि मत्स्येन्द्रनाथलाई पुजिने धार्मिक विश्वास रहिआएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4