+
+
Shares

रामराज्यको चाहना राख्नेले त्याग र नैतिक साहस देखाउनुपर्छ : सुधन गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले विवादित सेयर कारोबार आरोपपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई बुधबार राजीनामा बुझाएका छन्।
  • गुरुङले सामाजिक सञ्जालमा 'रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस देखाउनुपर्छ' भनेका छन्।
  • उनी स्वार्थको द्वन्द्व नहोस् भनेर पदबाट राजीनामा दिएको र निष्पक्ष छानबिनको माग गरेका छन्।

९ वैशाख, काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङले रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्ने बताएका छन् ।

विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् ।

राजीनामाबारे उनले आफ्नो सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

सो क्रममा उनले भनेका छन्, ‘कति मिडियाकर्मी साथीहरू को कहाँ कहाँ स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।’

प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए ।

सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा परेका थिए ।

गुरुङ स्वार्थको द्वन्द्व नहोस् भनेर आफूले पदबाट राजीनामा दिएको पनि उल्लेख गरेका छन् । साथै, आफूमाथि निष्पक्ष छानबिन गर्न पनि उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?