+

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

२०८३ वैशाख  ९ गते १६:४१ २०८३ वैशाख ९ गते १६:४१
साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ महिला च्याम्पियनसिप २०२६ को ड्र सार्वजनिक भएको छ ।
  • जसमा ६ टोली दुई समूहमा विभाजन भएका छन् ।
  • प्रतियोगिता मे २५ देखि जुन ६ सम्म भारतको गोवामा आयोजना हुने तय भएको छ ।

९ वैशाख, काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अन्तर्गत हुने साफ महिला च्याम्पियनसिप २०२६ को ड्र सार्वजनिक भएको छ ।

बुधबार भएको ड्र (समूह विभाजन) अनुसार सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल, श्रीलंका र भुटान छन् भने आयोजक भारत, साविक विजेता  बंगलादेश र  माल्दिभ्स समूह बी मा छन् ।

नेपालले पहिलो खेल मे २५ मा भुटानसँग खेल्नेछ भने दोस्रो खेल श्रीलंकासँग मे ३१ मा खेल्नेछ ।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिता आगामी मे २५ देखि जुन ६ सम्म भारतको गोवामा आयोजना हुने तय छ ।

साफ महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय