+

विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य जितेका चन्द्र सम्मानित

२०८३ वैशाख  ९ गते १९:४५ २०८३ वैशाख ९ गते १९:४५
विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य जितेका चन्द्र सम्मानित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक विजेता चन्द्रबहादुर थापा मगरलाई १ लाख नगदसहित सम्मान गरेको छ।
  • चन्द्रले नोभेम्बरमा युएईको दुबईमा भएको पुरुष ५४ केजी तौलसमूहमा कांस्य पदक जितेका थिए।
  • प्रशिक्षक दीपक महर्जनलाई पनि सम्मान गरिएको थियो र कार्यक्रममा कार्यवाहक मेयर सुनिता डंगोलले सहभागी भएर सम्मान गरे।

९ वैशाख,काठमाडौं । काठमाडौं महानगरपालिकाले विश्व बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक पदक विजेता चन्द्रबहादुर थापा मगरलाई बुधबार नगदसहित सम्मान गरेको छ ।

चन्द्रले गत नोभेम्बरमा युएईको दुबईमा भएको उक्त च्याम्पियनसिपको पुरुष ५४ केजी तौलसमूह कांस्य जितेका थिए ।

काठमाडौं महानगरपालिकाले चन्द्रलाई १ लाख नगदसहित सम्मान पत्रबाट सम्मान गरेको हो । चन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्म स्थान बनाएका थिए ।

नेपाली बक्सिङ इतिहासमा विश्व च्याम्पियनसिपमा कांस्य जितेको यो पहिलो पटक हो । सोही अवसरमा प्रशिक्षक दीपक महर्जनलाई पनि सम्मान गरिएको थियो ।

उनीहरूलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, महानगरका प्रवक्त नवीन मानन्धरलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

चन्द्रबहादुर थापा मगर विश्व बक्सिङ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय