News Summary
Generated by OK AI. Editorially reviewed.- गल्छी गाउँपालिकाले धादिङ क्रिकेट लिग २०२६ को फाइनलमा धुनिबेसी नगरपालिकालाई ७ विकेटले हराउँदै उपाधि जितेको छ ।
- धुनिबेसीले २० ओभरमा १०६ रन बनाएकोमा रामहरी सापकोटाले ४ ओभरमा ३ विकेट लिए ।
- गल्छीले १४.२ ओभरमा ३ विकेट गुमाएर १०७ रनको लक्ष्य पूरा गरेको छ ।
१० वैशाख, काठमाडौं । गल्छी गाउँपालिकाले धादिङ क्रिकेट लिग २०२६ को उपाधि जितेको छ । फाइनलमा गल्छी गाउँपालिकाले धुनिबेसी नगरपालिकालाई ७ विकेटले हराउँदै उपाधि जित्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको धुनिबेसीले राम्रो सुरुवात गर्न सकेन । शीर्षक्रमका खेलाडी छिट्टै आउट हुँदा टोली दबाबमा पर्यो । कौशल रुपाखेतीले ३० र अमृत थापाले २८ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा धुनिबेसी २० ओभरमा १०६ रनमै समेटियो ।
गल्छीका बलरहरू उत्कृष्ट देखिए। रामहरी सापकोटाले ४ ओभरमा ५ रन मात्र दिँदै ३ विकेट लिए। साथै रुपेश भुजेल र प्रबिन खटिवडाले पनि महत्वपूर्ण विकेट लिए ।
१०७ रनको लक्ष्य पछ्याएको गल्छीले सुरुवातमा केही दबाब झेले पनि मध्यक्रमले राम्रो प्रदर्शन गर्यो । अंश राज गुप्ताले अविजित ३४ रन बनाए । सन्देश नेपालले ३३ र सरोज योञ्जनले २१ रनको योगदान दिए । गल्छीले १४.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
व्यक्तिगततर्फ, बेनिघाट रोराङका अञ्जल सिलवाल ४ खेलमा २०७ रन बनाउँदै सर्वाधिक रनकर्ता बने । उनले एक शतक र एक अर्धशतक प्रहार गरेका थिए । दिपेश सेढाई १२ विकेटसहित उत्कृष्ट बलर घोषित भए ।
फाइनल खेलमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द को विशेष उपस्थिति थियो ।
प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचानमा महत्वपूर्ण योगदान दिएको आयोजकले बताएको छ ।
प्रतिक्रिया 4