+

सामसनको शतक, होसेनको ४ विकेटमा मुम्बईमाथि चेन्नईको फराकिलो जित

२०८३ वैशाख  १० गते २३:३८ २०८३ वैशाख १० गते २३:३८
सामसनको शतक, होसेनको ४ विकेटमा मुम्बईमाथि चेन्नईको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेन्नई सुपर किङ्सले आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सलाई १०३ रनले हराएको छ।
  • चेन्नईका सन्जु सामसनले अविजित १०१ रन बनाएर शतक प्रहार गरेका छन्।
  • अकिल होसेनले ४ विकेट लिएर मुम्बईको इनिङ धराशायी बनाएका छन्।

१० वैशाख, काठमाडौं । सन्जु सामसनको शानदार ब्याटिङ तथा अकिल होसेनको शानदार बलिङमा चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्समाथि फराकिलो जित हासिल गरेको छ ।

बिहीबार वाङ्खेडे स्टेडियममा भएको खेलमा चेन्नईले मुम्बईलाई १०३ रनले हराएको हो । चेन्नईले दिएको २०८ रनको लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा १०४ रनमा अलआउट भयो ।

तिलक वर्माले सर्वाधिक ३७ रन बनाए भने सूर्यकुमार यादवले ३६ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मुम्बईको इनिङ धराशायी बनाउन चेन्नईका अकिल होसेनले ४ ओभरमा १७ रन मात्र दिएर ४ विकेट लिए । नूर अहमदले २ विकेट लिँदा मुकेश चौधरी, अंशुल कम्बोज, जेमी ओभरटन र गुर्जपनित सिंहले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले सन्जु सामसनको अविजित शतक मद्दतमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । ओपनर सामसन ५४ बलमा १० चौका र ६ छक्कासहित १०१ रन बनाएर अविजित रहे ।

उनले इनिङको अन्तिम बलमा चौका प्रहार गर्दै शतक प्रहार गरेका थिए । सिजनको उनको यो दोस्रो शतक हो । यसअघि दिल्ली क्यापिटल्स विरुद्धको खेलमा पनि शतक बनाएका थिए ।

कप्तान रुतुराज गायक्वाडले २२, डेवाल्ड ब्रेभिसले २१, कार्तिक शर्माले १८ अनि जेमी ओभरटनले १५ रन बनाए ।

मुम्बईका अलाह गजनफर र अश्वनी कुमारले २-२ विकेट लिँदा जसप्रित बुमराह र मिचेल सान्टनरले १-१ विकेट लिए ।

योसँगै ७ खेलमा तेस्रो जित निकालेको चेन्नई ६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने पराजित मुम्बई ७ खेलमा ४ अंकसहित आठौं स्थानमा छ ।

आईपीएल २०२६ चेन्नई सुपर किङ्स मुम्बई इन्डियन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय