+
+
Shares

कांग्रेस नेता पूर्णबहादुर खड्काले फेरि बोलाए भेला

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते ९:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ वैशाखका लागि समूहको भेला डाकेका छन्।
  • भेला धुम्बाराहीस्थित होटल स्मार्टमा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र क्षेत्रीय सभापतिहरूको लागि बोलाइएको छ।
  • सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी रिट खारेज गरेपछि खड्काले ६ वैशाखमा निवर्तमान केन्द्रीय सदस्यहरूसँग बैठक गरेका थिए।

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको भेला डाकेका छन् । उनले १५ वैशाखका लागि भेला डाकेका हुन् ।

नेता खड्कानिकट एक केन्द्रीय सदस्यले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपलब्ध क्षेत्रीय सभापतिहरूको भेला बोलाइएको जानकारी दिए । भेला धुम्बाराहीस्थित होटल स्मार्टमा हुने ती नेताले बताए ।

खड्काको सचिवालयले पनि समूहको भेला बोलाइएको पुष्टि गरेको छ । सचिवालयका अनुसार ६ गतेको बैठकपछि निवर्तमान कार्यवाहक सभापति खड्काले समूहको भेला बोलाएका हुन् ।

सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी रिट खारेज गरेपछि नेता खड्काले धुम्बाराहीमा ६ वैशाखमा निवर्तमान केन्द्रीय सदस्यहरूसँग बैठक गरेका थिए । त्यसअघि उनले अघिल्लो दिन गल्फुटारस्थित निवासमा शीर्ष नेताहरूसँग छलफल गरेका थिए ।

६ वैशाखमै सभापति गगन थापा नेता खड्कालाई भेट्न उनको निवास गल्फुटार पुगेका थिए । दुई नेताबीच भएको छलफलबारे अहिलेसम्म सार्वजनिक रूपमा केही खुलाइएको छैन ।

कांग्रेस महामन्त्री गुरूराज घिमिरेका अनुसार सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच शिष्टाचार भेटघाट भएको हो । ‘त्यो खाली एउटा शिष्टाचार भेटकै तहमा रह्यो,’ उनले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?