News Summary
Generated by OK AI. Editorially reviewed.- न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबले रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ मा शुक्रबार जित हात पारेका छन्।
- एभरेस्टले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै पहिलो जित हात पारेको हो।
- न्यु डायमन्डले सुदूरपश्चिम प्रदेशलाई २५-११, २५-३, २५-१ को सोझो सेटमा पराजित गरेको छ।
१० वैशाख, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लबले रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत शुक्रबार जित हात पारेका छन् ।
बुटवलको एभरेस्टले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै पहिलो जित हात पारेको हो । बिहीबार भएको पहिलो खेलमा एभरेस्ट नेपाल पुलिस क्लबसँग पराजित भएको थियो
पहिलो दिन त्रिभुवन आर्मी क्लबलाई हराएको एपीएफको यो पहिलो हार हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहफमा भएको खेलमा एभरेष्टले एपीएफलाई २५-२०, १६-२५, २५-१७, २५-१६ ले पराजित गरेको हो ।
यस्तै शुक्रबार भएको पहिलो खेलमा न्यु डायमन्डले सुदूरपश्चिम प्रदेशमाथि सोझो सेटमा एकपक्षीय जित हात पारेको छ ।
दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको एकपक्षीय खेलमा न्यु डायमन्डले सुदूरपश्चिम प्रदेशलाई २५-११, २५-३, २५-१ ले पराजित गरेको हो ।
शुक्रबारै पुरुषतर्फ ३ खेल हुनेछ ।
प्रतिक्रिया 4