+
+
Shares

अर्थ मन्त्रालयको चासोपछि नेप्सेले फिर्ता बोलायो सीडीएससी सीईओ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १७:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्स्चेन्जले सीडीएस एण्ड क्लियरिङकी प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ।
  • नेप्से सञ्चालक समितिले पन्दाकलाई सीडीएससीको सीईओ पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ।
  • अर्थ मन्त्रालयले पन्दाकको सन्दर्भमा चासो देखाएपछि नेप्सेले उनलाई फिर्ता बोलाएको एक अधिकारीले बताए।

११ वैशाख, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सीडीएस एण्ड क्लियरिङकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रविन पन्दाकलाई फिर्ता बोलाएको छ । नेप्सेको शुक्रबारको सञ्चालक समितिले सीडीएससीको सीइओ पदमा रहेकी नेप्से कर्मचारी पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

नेप्सेले सहायक कम्पनी सीडीएससीमा प्रतिनिधि सञ्चालकको रुपमा उनलाई पठाएको थियो । नेप्से सञ्चालक समितिले नै निर्णय गर्दै उनलाई सीईओको जिम्मेबारी तोकेको थियो ।

सीईओमा कार्यरत छँदा सूचीकृत कम्पनीलाई २ आइजिन दिने नीति बनाउने तयारी गरेपछि विवादित भएकी थिइन् । सोही विवादका कारण अर्थ मन्त्रालयले उनको सन्दर्भमा चासो देखाएपछि नेप्से सञ्चालक समितिले फिर्ता बोलाउने निर्णय गरेको नेप्सेका एक अधिकारीले बताए ।

सीडीएससी सञ्चालक समितिमा नेप्सेका तर्फबाट चुडामणी चापागाईं अध्यक्ष र प्रविन पन्दाकले सदस्यका रुपमा प्रतिनिधित्व गर्दै आएकी थिइन् । अर्थ मन्त्रालयबाट अशोक गुरागाईं र शरद निरौला सञ्चालक छन् भने स्वतन्त्र सञ्चालकमा सुमन कुमार नेपाल छन् ।

अब नेप्सेले पन्दाकको ठाउँमा अर्को व्यक्तिलाई सीडीएससीको सञ्चालकका रुपमा पठाउने छ । गत वर्षदेखि पन्दाकले सीडीएससीको प्रबन्ध सञ्चालकको जिम्मेबारी समेत सम्हाल्दै आएकी थिइन । नेप्सेमा उनी दशौं तहकी कर्मचारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?