News Summary
Generated by OK AI. Editorially reviewed.- छैटौं एसियन बिच गेम्स २०२६ को महिला कबड्डी अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण स्थगित भएको छ ।
- नेपालले समूह बी अन्तर्गत नेपालले थाइल्यान्डसँग शनिबार खेल्नेछ ।
- एसियन बिच गेम्समा सहभागि हुने नेपाली कुस्ती टोली शुक्रबार चीन प्रस्थान गरेको छ ।
११ वैशाख, काठमाडौं । चीनको सान्यामा भइरहेको छैटौं एसियन बिच गेम्स २०२६ को महिला कबड्डी अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण स्थगित भएको छ ।
समूह बी मा रहेको नेपाल र बंगलादेशबीच शुक्रबार खेल हुने तालिका थियो ।
तर वर्षाका कारण स्थगित भएको नेपाली टोलीका सेभ दि मिसन रहेका राम कृष्ण श्रेष्ठले जानकारी दिए ।
अब नेपाले समूह बी अन्तर्गत थाइल्यान्डसँग भने यसअघि निर्धारित तालिका अनुसार नै शनिबार खेल्नेछ ।
नेपाल र बंगलादेशबीच रोकिएको खेल भने आइतबार हुने सेभ दि मिसन श्रेष्ठले जानकारी दिए ।
यसैबीच छैटौं एसियन बिच गेम्समा प्रतिस्पर्धा गर्न नेपाली कुस्ती टोली शुक्रबार चीन प्रस्थान गरेको छ । नेपालबाट कुस्तीका तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । कुस्तीमा पुरुषतर्फ सुरेश चुनाराले ८० केजी र त्रिलोकी प्रसाद यादवले ९० केजीभन्दा माथी तथा महिलातर्फ सुशिला चन्दले ७० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4