+

२२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिपमा नेपाललाई १७ पदक

२०८३ वैशाख  ११ गते १८:३३ २०८३ वैशाख ११ गते १८:३३
२२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिपमा नेपाललाई १७ पदक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली केम्पो टोलीले टर्कीको एन्टाल्यामा भएको २२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिप २०२६ मा १७ पदक जितेर उत्कृष्ट प्रदर्शन गरेको छ ।
  • नेपाल केम्पो महासंघका अध्यक्ष पाभेल शाहले नेपाली टोलीले पाँच विधामा पदक जितेको जानकारी दिए ।
  • प्रतियोगितामा १६ खेलाडी र अधिकारी सहभागी छन् ।

११ वैशाख, काठमाडौं ।  नेपाली केम्पो टोलीले टर्कीमा भएको २२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेको छ ।

टर्कीएको एन्टाल्यामा भएको विश्व केम्पो (मार्सल आर्ट्स) च्याम्पियनसिपमा नेपाली केम्पो टोलीले कुल १७ पदक जित्दै प्रभावशाली प्रदर्शन गरेको हो ।

नेपाल केम्पो महासंघका अध्यक्ष पाभेल शाहले अहिलेसम्म नेपाली टोलीले विश्व केम्पो च्याम्पियनसिपमा कुल पाँच विधामा गरेर १७ पदक जितेको जानकारी दिए ।

जुनियर कातामा मोनालिसा धामीले स्वर्ण पदक जिते । यसै विधामा क्रिडिक्स विक्रम कुँवर र दिलमान लामाले कांस्य पदकमा चित्त बुझाए । विपन (हतियार) कातामा जुनियरतर्फ मोनालिसाले रजत तथा सुलभ श्रेष्ठ र क्रिडिक्सले कांस्य पदक प्राप्त गरे ।

१८ वर्षमाथिको काता विधामा यमन पाण्डेले कांस्य पदक जिते । समूह कातामा मोनालिसा र इरा गौतमको जोडीले कांस्य पदक जित्यो ।

सेल्फ डिफेन्समा सुरेश पराजुली, यमन पाण्डे, मोनालिसा र शिवहरि राईको टोलीले कांस्य पदक हात पार्‍यो । मिक्स्ड सेल्फ डिफेन्स (पुरुष तथा महिला) मा अञ्जना शाही, यमन पाण्डे, मोनालिसा र शिवहरिले रजत पदक जिते । सेल्फ डिफेन्स विधामा अञ्जना शाही र मोनालिसाले कांस्य पदक प्राप्त गरे । दोस्रो दिनको सबमिसन विधा जुनियरतर्फ क्रिडिक्स विक्रमले रजत पदक जित्दा मोनालिसा, सुलभ श्रेष्ठ र आइरा गौतमले कांस्य पदक जिते ।

महासंघका अध्यक्ष शाहले २६ अप्रिलसम्म हुने प्रतियोगिता थप पदक जित्ने आशा व्यक्त गरेका छन् ।

उक्त प्रतियोगितामा नेपालबाट कुल १६ खेलाडी तथा अधिकारीहरू सहभागी छन् । नेपाली टोलीका प्रशिक्षक अञ्जना शाहीले नेपालको झण्डा विश्वस्तरमा फहराउन सफल भएकोमा सबै पदक विजेता तथा सहभागी खेलाडीहरूलाई बधाई दिए ।

२२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय