News Summary
Generated by OK AI. Editorially reviewed.- नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवनमा सुकुमवासीलाई राख्नका लागि सफा र रंगरोगनको काम सुरु गरिएको छ।
- भवनमा ४२ वटा कोठा छन् र प्रत्येक तलामा साना तीन कोठासहित शौचालय रहने गरी व्यवस्था गरिएको छ।
- यो पाँच तले भवनमा हाल पानीको आपूर्ति छैन र रानीवन नासिढोका खानेपानी उपभोक्ता समितिको कार्यालय पनि छ।
१२ वैशाख, काठमाडौं । सुकुमवासीलाई अस्थायी बसोबास गराउन लागि नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन सफा गर्न लागिएको छ ।
सुकुमवासीलाई राख्नका लागि तत्कालीन प्रधानमनत्री डा. बाबुराम भट्टराईको अग्रसरतामा बनेको तीन वटा भवनमध्ये एउटामा सुकुमवासीलाई राख्ने तयारी गरिएको हो ।
शनिबार बिहानदेखि १४ जना श्रमिकले सफा गर्ने र रंगरोगनको काम गरिरहेका हुन् ।
बिजुली नभएका कोठामा बत्ती जडान मर्मत जारी छ । एउटा परिवारको लागि साना साना तीन कोठासहित शौचालय हुनेगरी प्रत्येक तलामा छुट्टाछुट्टै बस्न मिल्नेगरी कोठा बनाइएको छ ।
हाल यो भवनमा पानीको आपूर्ति भने छैन । तत्कालीन समयमा सबै कोठामा राखिएका बेडमा सीमित मात्रै प्रयोग गर्न मिल्नेछन् । केही शौचालय मर्मत गरेर मात्रै प्रयोग गर्न सकिने छन् ।
भवन निर्माण विभाग मातहत रहेको यो भवनमा २०७२ सालको भूकम्प पीडित बसेका थिए । त्यसयता भने खाली छ ।
पाँच तले यो भवनको ४२ वटा कोठामा सुकुमवासी राखिने बताइएको छ । यसै भवनमा रानीवन नासिढोका खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ३ कोठामा कार्यालय पनि छ ।
समिति अध्यक्ष लाल कुमार लामाले अफिस खाली गर्न सूचना आई नसकेको बताए । भुइँ तलामा हलमा योगा सञ्चालन हुँदै आएको भएपनि उक्त स्थान खाली गर्न भने भनिएको छैन ।



















प्रतिक्रिया 4