+

एकै परिवारका ३ खेलाडी सम्मानित

२०८३ वैशाख  १२ गते २०:२० २०८३ वैशाख १२ गते २०:२०
एकै परिवारका ३ खेलाडी सम्मानित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा जिल्ला खेलकुद विकास समितिले कालिका गाउँपालिका वडा १ निवासी दावा तामाङ र उनकी छोरी दिया र दीक्षालाई सम्मान गरेको छ ।
  • प्रभात तामाङले १३ औं रसुवा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको समापनमा उनीहरुलाई सम्मान गरेका छन् ।
  • दावाले मन्जुश्री ट्रेल रेसको ८० किलोमिटर दूरीमा रजत पदक जितेका छन् ।

१२ वैशाख, काठमाडौं । रसुवा जिल्ला खेलकुद विकास समितिले एकै परिवारका ३ खेलाडीलाई सम्मान गरेको छ । कालिका गाउँपालिक वडा १ निवासी दावा तामाङसहित दुई छोरी दिया र दीक्षालाई खेलकुद मार्फत जिल्लालाई परिचित गर्न सफल भएकोमा सम्मान गरिएको हो ।

उनीहरुलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले १३ औं रसुवा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको समापनका अवसरमा सम्मान गरे ।

कालिका गाउँपालिक वडा नं. १ का वडा अध्यक्ष समेत रहेका दावाले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्रेल रेसमा प्रतिस्र्पधा गरिसकेका छन् । दावाले हालै सम्पन्न मन्जुश्री ट्रेल रेसको ८० किलोमिटर दूरीमा रजत पदक जितेका थिए ।

जेठी छोरी दियाले श्रीलंकामा भएको दक्षिण एसियाली कराते प्रतियोगिताको १४ वर्षमुनि उमेरसमूहमा रजत तथा कान्छी छोरी दिक्षाले श्रीलंकामै भएको सोही प्रतियोगिताको १० वर्षमुनि उमेरसमूहमा कास्य पदक प्राप्त गरेका थिए । बुवा दावा पनि कराते पृष्ठभूमिका हुन् ।

दावा तामाङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय