News Summary
Generated by OK AI. Editorially reviewed.- बार्सिलोना स्पेनिस ला लिगामा ११ अंकको अग्रता बनाएर उपाधि नजिक पुगेको छ।
- बार्सिलोना रियल मड्रिडभन्दा ५ खेल बाँकी रहँदा ८५ र ७४ अंकसहित अगाडि छ।
- बार्सिलोनाले गेटाफेलाई २-० ले हराउँदै फर्मिन लोपेज र मार्कस रासफोर्डका गोलले जित सुनिश्चित गर्यो।
१३ वैशाख, काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई हराउँदै शीषर्स्थानमा ११ अंकको अग्रता बनाएको हो ।
शुक्रबार दोस्रो स्थानको रियल मड्रिडले रियल बेटिससँग १–१ को बराबरी खेलेपछि बार्सिलोनाले अग्रता थप फराकिलो बनाउने मौका पाएको थियो । गेटाफेलाई २-० ले हराउँदै अग्रता फराकिलो बनायो ।
अब बार्सिलोना रियलभन्दा ११ अंकले अगाडि छ, दुवै टोलीको ५ खेल बाँकी छ । बार्सिलोनाको ३३ खेलमा ८५ अंक छ भने रियलको समान खेलमा ७४ अंक छ ।
पहिलो हाफको अन्त्यतिर फर्मिन लोपेजले पेड्रीको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा सब्स्टिच्युटका रूपमा आएका मार्कस रासफोर्डले काउन्टर अट्याकमा उत्कृष्ट गोल गर्दै जित सुनिश्चित गरे ।
यो जितसँगै बार्सिलोना २९औं ला लिगा उपाधितर्फ मजबुत रूपमा अघि बढेको छ ।
प्रतिक्रिया 4