+
+
Shares

स्थानीय परिकार प्रवर्द्धन गर्न नेपालगन्जमा स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालगन्जमा स्थानीय परिकार प्रवर्द्धनका लागि स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल आयोजना गरिएको छ।
  • बाँकेका होटल व्यवसायी संघ र होटल संघ नेपालको संयुक्त आयोजनामा महोत्सव शुक्रबारदेखि आइतबारसम्म चल्नेछ।
  • फेस्टिभलमा पाँचतारे होटलका परिकार, स्थानीय खाना, सांस्कृतिक कार्यक्रम र लाइभ म्युजिक प्रस्तुत गरिनेछ।

१३ वैशाख, काठमाडौं । स्थानीय परिकार प्रहिचान र प्रवर्द्धन गर्ने उद्देश्‍यले नेपालगन्जमा स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल आयोजना गरिएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा बाँकेका होटल व्यवसायी संघ र होटल संघ नेपालको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु फेस्टिभल आइतबारसम्म चल्नेछ । सुर्खेत रोडस्थित सुशील कोइराला स्मृति गेटदेखि पश्चिम वाटरपार्क क्षेत्रसम्म महोत्सव सञ्चालन भइरहेको छ ।

यस महोत्सवले नेपालगञ्ज तथा बाँके जिल्लाको पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय परिकारको पहिचान स्थापित गर्ने र होटल व्यवसायलाई सुदृढ बनाउनु रहेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले बताए । कार्यक्रममा स्वदेशी पर्यटकसँगै छिमेकी मुलुक भारतबाट गरी ५ हजारको सहभागिता रहेको छ ।

महोत्सवमा स्ट्रिट फुडदेखि पाँचतारे होटलस्तरीय विभिन्न परिकार एउटै स्थानमा उपलब्ध गराइएको छ । साथै, स्थानीय स्वादिष्ट खाना, परम्परागत तथा आधुनिक खानाका परिकार, पेय पदार्थ, कला–संस्कृति तथा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि भइरहेका छन् । महोत्सवमा विभिन्न व्यावसायिक प्रतिष्ठानहरूले करिब ४० वटा स्टलहरु राखेका छन् ।

फेस्टिभलमा स्थानीय कलाकारका परम्परागत नृत्यदेखि ‘फिरन्ते’, ‘द जाप्पर्स’, ‘रकहेड्स’, ‘द ब्ल्याक होल’ र चर्चित गायक रामकृष्ण ढकाल, हास्य कलाकार तथा नायक विजय बराल, नायिका वर्षा राउत, हास्य कलाकार मेक्सम गौडेलसहितका कलाकारहरूले लाइभ म्युजिकसहितको प्रस्तुति दिनेछन् । त्यसैगरी स्थानीय कलाकारदेखि रसियन कलाकारसम्मको नृत्य पनि रहेको छ ।

फेस्टिभलमा सहभागी आगन्तुकहरूले विभिन्न प्रकारका खानाका स्टलहरू, लाइभ म्युजिक, सांस्कृतिक प्रस्तुति र अफरहरूको अनुभव लिन सक्नेछन् । यसले स्थानीय उत्पादन र व्यवसायीलाई प्रोत्साहन गर्ने र नेपालगन्जलाई ‘फुड डेस्टिनेसन’का रूपमा चिनाउने विश्वास गरिएको छ । दिउँसो गर्मी हुने भएका कारण साँझ ६ बजेदेखि राति ११ बजेसम्म हुने मेलामा खानाका परिकारदेखि लाइभ म्युजिक प्रस्तुति रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?