+
+
Shares

संघीयता सञ्चालन गर्न नजान्ने, आरोप मात्रै लगाउने न्यायोचित हुँदैन : प्रवक्ता चालिसे

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले तीन तहको सरकारबीच अधिकार बाँडफाँड हुन नसक्दा संघीयता बदनाम हुँदै गएको टिप्पणी गरे।
  • उहाँले संघीयता खर्चिलो, महँगो र अव्यवहारिक नभई उचित व्यवस्थापनमा ध्यान दिन नसकिएको बताए।
  • केन्द्रीय सरकार र स्थानीय सरकारबीच शिक्षा, स्वास्थ्य लगायत आधारभूत सेवामा अधिकारको ओभरल्याप रहेको उनले उल्लेख गरे।

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले तीन तहको सरकारबीच अधिकार बाँडफाँड हुन नसक्दा संघीयता बदनाम हुँदै गएको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता चालिसेले तीन तहको अधिकार स्पष्ट बनाई संघीयताको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने पनि बताए ।

संघीयता खर्चिलो, महँगो र अव्यवहारिक नभई उचित व्यवस्थापनमा ध्यान दिन नसकिएको उनको बुझाइ छ ।

‘कतिपयले संघीयताको बदनाम गर्ने गरेका छन् । संघीयता खर्चिलो पनि होइन, महंगो पनि होइन । र यो अव्यवहारिक पनि होइन । सञ्चालन गर्न नजान्ने, अधिकार नदिने, त्यसलाई दरिलो र व्यवस्थित नगर्ने आरोपित मात्र गर्ने कुरा न्यायोचित हुँदैन । एउटा चिकित्सक र एउटा डाक्टर खराब हुनसक्छ । तर चिकित्सा विज्ञान आफैंमा खराब होइन,’ उनले टिप्पणी गरे ।

उनले केही कमजोरीका आधारमा संघीय व्यवस्थामाथि प्रश्न उठाउनु उचित नहुने टिप्पणी गरे । उनले केन्द्रीय सरकार र स्थानीय सरकारबीच शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवामा अधिकारको ओभरल्याप रहेको पनि बताए ।

‘लोकतन्त्र आएको यति धेरै समय भइसक्यो । संघीयताका सन्दर्भमा केन्द्रीय सरकार र स्थानीय सरकारका अधिकारका क्षेत्रमा ओभरल्याप छ कि छैन ? शिक्षा, स्वास्थ्य लगायतका आधारभूत कुरा व्यवस्थापन गर्ने अधिकार अधिकांश विकसित मुलुकमा स्थानीय सरकारलाई सुम्पिएको छ,’ उनले भने, ‘हामीसँग त्यस्तो छैन, अधिकारको स्पष्टता छैन । संघले पठाउने कर्मचारीलाई स्थानीय जनप्रतिनिधिले टेर्दैनन् । हामीले अहिलेसम्म स्थानीय तहलाई कर्मचारी नियुक्त गर्न दिने अधिकार किन रोकेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?