+
+
Shares

सरकारले न्यायिक निरुपणमार्फत भ्रष्टाचार ‘क्लोज’ गर्नुपर्छ : कांग्रेस

चालिसेले भने- भ्रष्टाचार राजनीतिक बहसको विषय, पार्टीसँग जोड्ने विषय, जनमत प्रभावित पार्ने विषय बन्नु हुँदैन । राजनीतिलाई शुद्ध नबनाएसम्म बाँकी कुराहरू शुद्ध नहुने भयो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले नयाँ सरकारले भ्रष्टाचारलाई न्यायिक निरुपणमार्फत क्लोज गर्नुपर्ने बताएको छ।
  • प्रवक्ता देवराज चालिसेले भ्रष्टाचारलाई राजनीतिक बहसको विषय नबनाउनुपर्ने उल्लेख गरे।
  • राजनीतिलाई शुद्ध नबनाएसम्म बाँकी कुराहरू शुद्ध नहुने उनको भनाइ छ ।

१२ चैत, काठमाडौं । नेपाली कांग्रेसले नयाँ गठन हुन गइरहेको सरकारले न्यायिक निरुपणमार्फत भ्रष्टाचार ‘क्लोज’ गर्नुपर्ने बताएको छ ।

सरकार गठनको पूर्वसन्ध्यामा बिहीबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसे यस्तो बताएका हुन् ।

‘यो सरकारले भ्रष्टाचारलाई दृढतापूर्वक पहिलो प्राथमिकता दिएर आजसम्म जे जति काण्ड सुनिएका छन्, त्यसलाई क्लोज गर्नुपर्छ,’ उनले भने, ‘कारबाही गर्ने, आयोग बनाउने, न्यायिक निरुपण गर्ने जे जति गर्नुपर्ने हो सबै कुराहरू गर्नुपर्छ ।’

प्रवक्ता चालिसेले भ्रष्टाचारको विषय अब बहसको विषय बन्न नहुने पनि बताए । राजनीतिलाई शुद्ध नबनाएसम्म बाँकी कुराहरू शुद्ध नहुने प्रवक्ता चालिसेको भनाइ थियो ।

‘भ्रष्टाचार राजनीतिक बहसको विषय, पार्टीसँग जोड्ने विषय, जनमत प्रभावित पार्ने विषय बन्नु हुँदैन,’ उनले भने, ‘राजनीतिलाई शुद्ध नबनाएसम्म बाँकी कुराहरू शुद्ध नहुने भयो ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?