+
+
Shares

हिमाल आरोणको क्रममा घाइते आरोहीको सकुशल उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १३ गते १८:५०

१३ वैशाख, म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित धौलागिरी हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ ।

आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको सफल आरोहण गरेर फर्कने क्रममा शुक्रबार बिहान चुचुरो नजिकबाट चिप्लीएर करिब चार सय मिटर तल खस्दा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय मिङ्मा तेन्जि शर्मा गम्भीर घाइते भएका थिए ।

उनलाई उद्धार गरेर आज उपचारका लागि काठमाडौं पठाइएको उद्धारमा संलग्न १४ समिट एक्सपीडिसनका फुरु तेन्जि शेर्पाले जानकारी दिए ।

‘बेसक्याम्पमा सम्पर्क गरी माथिल्लो क्याम्पबाट उद्दारकर्मी परिचालन गरी शनिबार राती मिङ्मालाई आधार शिवर ल्याएका थियौं,’ उनले भने, ‘अचेत भेटिएका उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?