+
+
Shares

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते ८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज दिउँसो सानेपामा बस्ने भएको छ।
  • निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २ वैशाखमा सात दिने स्पष्टीकरण सोधिएको थियो तर उनले जवाफ दिएका छैनन्।
  • जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङले भने ७ वैशाखमा सोधिएको स्पष्टीकरणको जवाफ बुझाइसकेको बताएका छन्।

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले हस्ताक्षर गरेको सूचनामा एजेन्डाहरू भने उल्लेख गरिएको छैन ।

यसअघि २ वैशाखमा बसेको बैठकले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको थियो ।

त्यस्तै ७ वैशाखमा बसेको अर्को बैठकले जिल्ला कार्यसमिति रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई तीन दिने स्पष्टीकरण सोधेको थियो ।

निवर्तमान कार्यवाहक सभापति खड्काले अल्टिमेटम अवधि पूरा भइसक्दा पनि स्पष्टीकरण भने दिएका छैनन् । यद्यपि, उनले स्पष्टीकरण सोधिएकै दिन अनुशासन समितिको निर्णयलाई अवैधानिक भनेका थिए ।

७ वैशाखको बैठक अघि एक पदाधिकारीले अनलाइनखबरसँग खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने बताएका थिए । तर, बैठकबाट त्यसबारे कुनै निर्णय भएको थिएन ।

रामेछाप सभापति तामाङले भने स्पष्टीकरण बुझाइसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?