News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयले धितोपत्रको दोस्रो बजार अस्थिर हुने गरेको स्वीकार गरेको छ।
- मन्त्रालयले पूँजी बजारमा उत्पादनमूलक कम्पनीलाई प्रवेश गराउन र ऋणपत्र बजार विकासका लागि कानूनी सुधार आवश्यक ठानेको छ।
- २०८२ फागुनसम्म २८६ कम्पनी पूँजी बजारमा सूचीकृत छन् र दोस्रो बजारमा इक्विटीको अंश ९९.४ प्रतिशत रहेको छ।
१४ वैशाख, काठमाडौं । धितोपत्रको दोस्रो बजार अस्थिर हुने गरेको अर्थ मन्त्रालयले स्वीकार गरेको छ । मन्त्रलयले वर्तमान आर्थिक स्थिति मार्फत धितोपत्रको दोस्रो बजारको कारोबारमा स्थिरता ल्याउन आवश्यक रहेको औंल्याएको छ ।
पूँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरूलाई प्रवेश गर्न प्रोत्साहित गर्ने, गैरआवासीय नेपालीको लगानी भित्र्याउन र ऋणपत्र बजारको विकास गर्न तत्काल कानूनी सुधार गर्नुपर्ने मन्त्रालयले औंल्याएको छ ।
साथै, दोस्रो बजार करोबारमा पारदर्शिता, विश्वसनीयता र स्थिरता ल्याउनु पनि त्यत्तिकै आवश्यक रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
पूँजी बजारमा २०८२ फागुनसम्म २८६ कम्पनी सूचीकृत रहेका छन् । दोस्रो बजार कारोबारमा इक्विटीको अंश ९९.४ प्रतिशत रहेको छ । बजारमा सरकारी ऋणपत्रहरू सूचीकृत गर्ने प्रावधान रहेपनि कारोबार हुन सकेको छैन । २०७३ असारमा बजार पूँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७२.५ प्रतिशत बराबर रहेकोमा २०८२ फागुनमा ७७.७ प्रतिशत बराबर पुगेको छ ।
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको पूँजीकरण हिस्सा धितोपत्र बजारमा २०७३ असारमा ८५ प्रतिशतभन्दा बढी रहेकोमा २०८२ फागुनमा सो हिस्सा ५२.२ प्रतिशतमा झरेको छ । सरकार गठन हुनुअघि २०८२ चैत ११ मा नेप्से सूचकांक २ हजार ९५०.१६ बिन्दुमा थियो ।
प्रतिक्रिया 4