News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुर र काठमाडौंको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुमवासी क्षेत्रका सबै ९४१ घरटहरा भत्काउने काम सकिएको छ।
- मनोहरा क्षेत्रमा काठमाडौंतर्फ १३१ र भक्तपुरतर्फ ८०६ गरी कुल ९३७ परिवार बस्दै आएका थिए।
- सुकुमवासीसँगको झडपमा २२ सुरक्षाकर्मी घाइते भएका थिए र शान्तिपूर्ण रूपमा बस्ती खाली गराइएको छ।
१५ वैशाख, काठमाडौं । भक्तपुर र काठमाडौंको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुमवासी क्षेत्रका सबै संरचना भत्काउने काम सकिएको छ ।
प्रहरीका अनुसार काठमाडौं तर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी कुल ९४१ घरटहरा भत्काइएको छ । जहाँ मनोहरा क्षेत्र अन्तर्गत काठमाडौं तर्फ १३१ परिवार संख्या र भक्तपुरतर्फ ८०६ परिवार संख्या गरी कुल ९३७ परिवार बस्दै आएका थिए ।
सो स्थानका संरचना भत्काउन दुई दर्जनबढी जेसीबी प्रयोग गरिएका थिए । त्यस क्रममा एक सामुदायिक विद्यालयसहित मनोहरा सुकुमवासी बस्तीका सम्पूर्ण संरचना भत्काइएको हो । शनिबार साँझ संरचना हटाउन खोज्दा सो क्षेत्रमा ढुङ्गामुढा भएको थियो ।
सुकुमवासीसँगको झडपमा प्रहरी वृत्त थिमी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइतेसमेत भएका थिए । आइतबार बिहान करिब दुई हजारको सङ्ख्यामा सुरक्षाकर्मी पुग्दा करिब ८० प्रतिशतले आफैँ बस्ती छाडेका थिए ।
आइतबार र सोमबार भने शान्तिपूर्ण रूपमा सुकुमवासी बस्ती खाली गराउने काम भएको थियो ।

















प्रतिक्रिया 4