News Summary
Generated by OK AI. Editorially reviewed.- वृद्धा महिलाको सिक्री र गरगहना थुत्दै फरार हुने समूहका थप दुई जना विजय तामाङ र सुमन तामाङ पक्राउ परेका छन्।
- यो समूहका ६ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ र उनीहरूले घर भाडामा खोज्ने निहुँमा वृद्ध महिलाको रेकी गरी लुटपाट गर्ने गरेको पाइएको छ।
- समूहले चोरीको मोटरसाइकल प्रयोग गरी उपत्यकाका विभिन्न ठाउँमा श्रृङ्खलाबद्ध रूपमा दैनिक योजना बनाएर लुटपाट गरेको पाइएको छ।
१६ वैशाख, काठमाडौं । वृद्धा महिलाले गलामा लगाएका सिक्री, कानमा लगाएका गरगहना थुत्दै मोटरसाइकलमा फरार हुने समूहका थप दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विजय तामाङ र सुमन तामाङ रहेका छन् । दुवै जनालाई काठमाडौं उपत्यका अपराधन अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरी प्रहरी वृत्त थानकोटलाई बुझाएको हो।उनीहरू पक्राउ परेसँगै यो समूहका ६ सदस्य पक्राउ परेका छन् ।
यसअघि नुवाकोट ककनी गाउँपालिका–३ का २६ वर्षीय बिमल तामाङ, २१ वर्षीय सविन तामाङ, २१ वर्षीय सुजन तामाङ र नुवाकोटकै बिदुर नगरपालिका–१ का ४४ वर्षीय सतिश अमात्य पक्राउ परेका थिए ।
यो समूहले घर भाडामा खोज्ने निहुँ बनाएर वृद्धा महिलाको रेकी गर्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
‘कोठा भाडामा खोज्ने निहुँमा गरगहना लगाएका वृद्धा महिलाको रेकी गर्ने र लुटेर हिँड्ने प्रवृत्ति देखिन्छ,’ एसएसपी थापाले भने ।

दैनिकजसो एउटै शैलीमा लुटपाट हुने गरेको सूचना प्रहरीकोमा आएपछि अनुसन्धान अघि बढाइएको थियो । सो क्रममा प्रहरीले सीसी क्यामेरा फुटेजको आधारमा लुटेरा समूहको पहिचान गरी पक्राउ गरेको हो ।
यसरी लुट्ने समूहले चोरीको मोटरसाइकल प्रयोग गर्ने खुलेको छ । चोरीकै मोटरसाइकलमा दुई जना सवार हुने र पछाडि बस्नेले गरगहना थुतेर भाग्ने गरेको पाइएको छ ।
केही मोटरसाइकलको भने नम्बर प्लेटसमेत परिवर्तन गरेको पाइएको छ । दैनिक योजना बनाएर लुटपाट गर्ने गरेको पाइएको छ । उनीहरूले उपत्यकाका विभिन्न ठाउँहरूमा श्रृङ्खलाबद्ध रूपमा लुटपाट गरेको पाइएको छ ।
प्रतिक्रिया 4