News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई रामेछाप जिल्ला सभापतिबाट निलम्बन गरेको छ।
- पार्टीको अनुशासन समितिको बुधबारको बैठकले उनलाई जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको छ।
- कृष्णप्रसाद दुलालले यो निर्णय कार्यवाहक मुख्यसचिवको रूपमा जानकारी दिनुभएको छ।
१६ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई जिल्ला सभापतिबाट निलम्बन गरेको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले उनलाई जिल्ला सभापतिको पदमा बसेर कामकाज गर्न नपाउनेगरी निलम्बन गर्ने निर्णय गरेको हो ।
उनी पार्टीको रामेछाप जिल्ला सभापति थिए ।
जिल्ला सभापतिजस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पार्टीको पदीय मर्यादा ख्याल नगरी पार्टी र पार्टी नेतृत्वविरुद्ध बदनियत राखेर भ्रमणपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै केन्द्रीय अनुशासन समितिले तीन दिने स्पष्टीकरण सोधेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4