+

पीएम कप एनभीए भलिबल लिग : लगातार चार खेल जित्दै पुलिस महिलातर्फ फाइनलमा

२०८३ वैशाख  १६ गते १७:२५ २०८३ वैशाख १६ गते १७:२५
पीएम कप एनभीए भलिबल लिग : लगातार चार खेल जित्दै पुलिस महिलातर्फ फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले नेपाल एपीएफ क्लबलाई ३-१ ले पराजित गर्दै रेडबुल दशाैं पीएम कप एनभीए महिला भलिबल लिग २०८३ को फाइनल प्रवेश गरेको छ।
  • पुलिस क्लबले चार खेलबाट १२ अंक जोडेको छ भने न्यु डायमन्डले पनि चार खेल जितेर फाइनल पुगिसकेको छ।
  • त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै एभरेस्ट भलिबल क्लबले महिला तर्फ तेस्रो जित हात पारेको छ।

१६ वैशाख, काठमाडौं । नेपाल पुलिस क्लब रेडबुल दशाैं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत महिलातर्फ फाइनल प्रवेश गरेको छ ।

बुधबार दशरथ रंगशाला कभर्डहलमा भएको विभागीय डर्बीमा नेपाल एपीएफ क्लबविरुद्ध ३-१ मो पुनरागमन जित निकाल्दै पुलिस फाइनल पुगेको हो ।

पुलिसले एपीएफलाई २१-२५, २५-१९, २९-२७, २५-२१ ले पराजित गरेको हो । पुलिसले चार खेलबाट १२ अंक जोडेको छ । यसअघि नै न्यु डायमन्ड पनि ४ खेल जितेर फाइनल पुगिसकेको छ ।

यी दुई टोलीबीच अब बिहीबार लिग चरणको अन्तिम खेल हुनेछ र उपाधिका लागि पनि यही दुई टोली शनिबार भिड्नेछन् ।

महिलातर्फ अर्को खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै एभरेस्ट भलिबल क्लबले तेस्रो जित हात पार्दै तेस्रो भएको छ ।

१०औं पीएम कप एनभीए भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय