+

पदक विजेता बिच कबड्डी टोलीको स्वागत

२०८३ वैशाख  १६ गते १८:०७ २०८३ वैशाख १६ गते १८:०७
पदक विजेता बिच कबड्डी टोलीको स्वागत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला कबड्डी टोलीले छैटौं एसियाली बिच खेलकुदमा कांस्य पदक जितेर १६ वैशाखमा स्वदेश फर्किएको छ।
  • टोलीलाई युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता र अन्यले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
  • नेपालले समूह 'बी' मा अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको थियो र सेमिफाइनलमा श्रीलंकासँग पराजित भएको थियो।

१६ वैशाख, काठमाडौं । छैटौं एसियाली बिच खेलकुदअन्तर्गत महिला कबड्डीमा कांस्य पदक जितेको नेपाली टोली बुधबार स्वदेश फर्किएको छ ।

टोलीलाई युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल कबड्डी संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

चीनको सान्यमा भएको खेलकुदअन्तर्गत अप्रिल २३ देखि २७ तारिखसम्म भएको महिला कबड्डीमा नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो ।

समूह ‘बी’ मा नेपालले चाइनिज ताइपेइ, थाइल्यान्ड र बंगलादेशलाई हराउदै विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा नेपाल श्रीलंकासंग पराजित भएको थियो ।

खेलाडी टोलीमा मानमति विष्ट (कप्तान), अनुजा कुलुङ राई (उप कप्तान), रविना चौधरी, सिर्जना थारु, मिना नेपाली र नानुमाया पराजुली रहेका छन् । प्रशिक्षकमा रतिाया राजवंशी छन् । टोलीसंगै अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झा पनि नेपाल फर्किएका छन् ।

चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पनि महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । त्यसबेला बिच खेलकुदमा सहभागी मिना र नानुमाया बाहेक चारै खेलाडी टोलीमा थिए ।

छैटौं एसियाली बिच खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय