News Summary
Generated by OK AI. Editorially reviewed.- टेक्सपायर कर्पोरेट टी-१० लिग क्रिकेटको उपाधि एनसेलले सुबिसुलाई डीएल पद्धति अनुसार ३८ रनले पराजित गर्दै जितेको छ।
- एनसेलले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १३१ रन बनायो, अनिल भण्डारीले ३३ बलमा ७४ रन बनाए।
- एनसेलका अनिल भन्डारी प्लेयर अफ द म्याच र सुरज तिमिल्सिनाले उत्कृष्ट खेलाडीको पुरस्कार पाएका छन्।
१६ वैशाख, काठमाडौं । टेक्सपायर कर्पोरेट टी-१० लिग क्रिकेटको उपाधि एनसेलले जितेको छ । काठमाडौंको तल्लो मुलपानी मैदानमा बुधबार सम्पन्न फाइनल खेलमा एनसेलले सुबिसुलाई डीएल पद्धति अनुसार ३८ रनले पराजित गर्दै उपाधि जितेको हो ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको एनसेलले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १३१ रनको बलियो स्कोर बनायो । एनसेलका लागि अनिल भण्डारीले विस्फोटक ब्याटिङ गर्दै ३३ बलमा ७४ रन बनाए भने समाज पौडेलले २० बलमा ४८ रन जोड्दै टिमलाई उच्च स्कोरमा पुर्याए ।
१३२ रनको लक्ष्य पछ्याएको सुबिसुको सुरुवात राम्रो हुन सकेन । टिमले नियमित अन्तरालमा विकेट गुमाउँदै ८ ओभरमा ६ विकेट गुमाएर मात्र ६३ रन बनाउन सक्यो । विवेक कुमार यादवले १७ रन र दमन चन्दले २३ रन बनाए पनि अन्य ब्याटरले राम्रो योगदान दिन सकेनन् ।
बलिङतर्फ एनसेलका निराजन परियारले २ ओभरमा १७ रन दिएर १ विकेट लिए । हिमाल चन्दले २ ओभरमा १७ रन खर्चिएर १ विकेट लिए भने विवेक कुमार यादवले २ ओभरमा २४ रन दिए । सचिन्द्र ठाकुरले १ ओभरमा १८ रन खर्चिए ।
एनसेलका अनिल भन्डारी प्लेयर अफ द म्याच चुनिए । आईसीएफसी फाइनान्सका कप्तान सुरज तिमिल्सिना प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए ।
प्रतिक्रिया 4