+
+
Shares

सेनाको विज्ञप्तिबारे पालिका महासंघले भन्यो – विश्वास र समन्वयको अभाव देखियो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १२:०८

१७ वैशाख, काठमाडौं । देशभरीका ७५३ पालिकाहरूको साझा संगठन राष्ट्रिय गाउँपालिका महासंघ र नेपाल नगरपालिका संघले नेपाली सेनाको विज्ञप्तिले राज्यका निकायहरूबीच जिम्मेवारीको अस्पष्टता, आपसी विश्वास र समन्वयको अभाव देखिएको जनाएको छ ।

‘लोकतान्त्रिक शासन प्रणालीमा यस्तो अवस्था दीर्घकालीन रुपमा हितकर हुन सक्दैन भन्ने विषयमा हामी सबै सजग हुनु जरुरी छ,’ गाउँपालिका महासंघ र नगरपालिका संघद्वारा बिहीबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

नेपाली सेना र नेपाल प्रहरीले पालिकाहरूलाई पत्राचार गरेर सुकुमवासीको विवरण माग गरेका थिए । सुरुमा सेनाले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार माग गरेको प्रतिक्रिया दिएको थियो ।

प्रमुख जिल्ला अधिकारीहरूले सेना र प्रहरीले लगत संकलन गर्न लागेको विषय आफूहरूलाई जानकारी नभएको बताएका थिए ।

नेपाली सेनाले बुधबार विज्ञप्तिमार्फत विपद् व्यवस्थापन प्रयोजनका लागि लगत संकलन गर्न लागेको बताएको छ ।

महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे र संघका अध्यक्ष भीमप्रसाद ढुंगानाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुरक्षा निकायको परिभाषित जिम्मेवारी रहेको उल्लेख छ । उनीहरूले भनेका छन्, ‘नागरिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयमा नागरिक सर्वोच्चता, लोकतान्त्रिक मुल्य मान्यता र स्वायत्तताको सम्मान अपरिहार्य छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?