+
+
Shares

८ दिनमा १ हजार ४४ लागुऔषध कारोबारी पक्राउ

नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनमा देशभरिबाट लागुऔषध कारोबारमा संलग्न १ हजार ४४ जना व्यक्तिहरू पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीले ९-१६ वैशाखसम्म आठ दिनमा देशभरिबाट लागुऔषध कारोबारमा संलग्न १ हजार ४४ जना पक्राउ परेका छन्।
  • उपत्यका, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्।
  • सो अवधिमा गाँजा, चरेस, हेरोइन, पोलेन, डाईजेपाम, फेनारगन, बुप्रेनोर्फिन, ट्रामाडोल लगायत लागूऔषध बरामद गरिएको छ।

१७ वैशाख, काठमाडौं । नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसन अन्तर्गत ९-१६ वैशाखसम्म (आठ दिन) को अवधिमा देशभरिबाट लागुऔषध कारोबारमा संलग्न १ हजार ४४ जना व्यक्तिहरू पक्राउ परेका छन् ।

जसमध्ये उपत्यकाबाट ४१ जना, कोशी प्रदेशबाट ५ सय ९३ जना, मधेश प्रदेशबाट ३० जना, बागमती प्रदेशबाट ५१ जना, गण्डकी प्रदेशबाट १ सय ४० जना, लुम्बिनी प्रदेशबाट ४२ जना, कर्णाली प्रदेशबाट ८७ जना र सुदूरपश्चिम प्रदेशबाट ६० जना पक्राउ परेका हुन् ।

सो अवधिमा अवैध लागुऔषध गाँजा १ सय ७६ किलो ५१ ग्राम १ सय ८० मिलिग्राम, चरेस १६ किलो ८ सय ९ ग्राम ४ सय मिलिग्राम, हेरोइन १ किलो ३ सय ७२ ग्राम ८ सय ६६ मिलिग्राम, पोलेन १ किलो १ सय ४२ ग्राम, नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार २ सय २४ एम्पुल, फेनारगन १ हजार ४ सय १७ एम्पुल, बुप्रेनोर्फिन १ हजार ७६ एम्पुल, लुपिजेसिक ४१ एम्पुल, ट्रामाडोल ६२ हजार ९५ ट्याब्लेट, नाइट्राभेट २ सय ४२ ट्याब्लेट, स्पास्मो १ सय ३ ट्याब्लेट प्रहरीले बरामद गरेको छ ।

सबै प्रहरी कार्यालयहरूले विशेष स्वीप अप्रेशन सञ्चालन गरी त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?