News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सुमुमवासी व्यवस्थापनका लागि बस्तीहरुमा डोजर चलाइरहेको छ।
- सुकुमवासीको पहिचान नगरी नदी किनारका जोसुकैको घर भत्काउन थालेपछि नागरिक आतंकित भएका छन्।
- धोबीखोला क्षेत्रमा डोजर चलेपछि बासिन्दाले जग्गाधनी प्रमाणपत्र टाँसेका छन्।
१९ वैशाख, काठमाडौं । सरकारले सुमुमवासी व्यवस्थापनका गर्न भन्दै अहिले बस्तीहरुमा डोजर चलाइरहेको छ । सुकुमवासीको पहिचान नगरी जथाभावी बस्तीमा डोजर चलेपछि त्यसको आलोचना भइरहेको छ ।
सुकुमवासीको पहिचान नहुँदा नदी किनारका जोसुकैको घरहरु भत्काउन थालेपछि नागरिक आतंकित बनेका छन् ।
नदी किनारमा घर भएकाहरुले आफ्नो घरमा जग्गाधनी पुर्जा टाँसेर बसेका छन् ।
बस्ती उठाउने क्रमलाई निरन्तरता दिने क्रममा आज धोबीखोला क्षेत्रमा डोजर चलाइँदै छ । डोजर आउने सूचना आएपछि यहाँका बासिन्दाले आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका छन् ।
आज धोबीखोलाको रुद्रमती मन्दिरनजिकको क्षेत्रमा डोजर चलेको छ ।
तस्वीर : केशव सावद

प्रतिक्रिया 4