News Summary
Generated by OK AI. Editorially reviewed.- यामाहा नेपालले बूढानिलकण्ठस्थित इटालिटार गणेश चोकमा नयाँ शोरूम 'व्हिलिस ग्यालोर प्रालि' सञ्चालनमा ल्याएको छ।
- बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले यामाहा नेपालको १०३ औँ शोरूम उद्घाटन गर्नुभएको थियो।
- नयाँ शोरूमले बिक्री, सेवा र स्पेयर पार्ट्स सुविधा एकै छानामुनि प्रदान गर्ने कम्पनीले जनाएको छ।
२१ वैशाख, काठमाडौं । यामाहा नेपालले बूढानिलकण्ठस्थित इटालिटार गणेश चोकमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।
‘व्हिलिस ग्यालोर प्रालि’ नामक शोरुम औपचारिक रूपमा सञ्चालनमा ल्याइएको यामाहाले जनाएको छ । यामाहा नेपालको यो १०३ औँ शोरूमको उद्घाटन बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले गरेका थिए ।
कार्यक्रममा विशेष अतिथिका रूपमा बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा, तथा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवाल थिए।
व्हिलिस ग्यालोरका सञ्चालक भुवेश खड्का आफ्ना १०६ वर्षीय हजुरबुवासहित उपस्थित थिए, जसले समारोहलाई अझ विशेष बनाएको थियो।
नयाँ शोरुमबाट थ्री एस सेवा अर्थात् बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । एउटै छानामुनि उपलब्ध हुने यी सेवाले बूढानिलकण्ठ तथा आसपासका राइडरहरूलाई सहजता हुनेछ।
कार्यक्रममा बोल्दै एमएडब्लू राइड्सका कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले यो शोरुम सञ्चालन हुनाले यामाहा अझ धेरै ग्राहकसम्म पुग्ने र गुणस्तरीय सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धतालाई अगाडि बढाएको बताए ।
प्रतिक्रिया 4