News Summary
Generated by OK AI. Editorially reviewed.- भृकुटी कागज कारखानाका ३३३ श्रमिकले करिब ४० करोड भुक्तानीका लागि प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
- उद्योग २०६७ देखि बन्द छ र कतिपय श्रमिकको मृत्युसमेत भइसकेको ज्ञापनपत्रमा उल्लेख छ।
- श्रमिकहरूले गैँडाकोटको ६० बिघा जग्गा कृषि, उद्योग वा नमुना बजारका रूपमा विकास गर्न माग गरेका छन्।
२१ वैशाख, काठमाडौं । भृकुटी कागज कारखानामा कार्यरत ३३३ जना श्रमिकहरूको बक्यौता पारिश्रमिक माग्दै ‘सफा सुन्दर हरियाली गैँडाकोट निरन्तर शनिबार’ अभियानले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै श्रमिकहरूको करिब ४० करोड भुक्तानी तत्काल गरिदिन प्रमुख जिल्ला अधिकारीमार्फत पत्र बुझाएका हुन् ।
नवलपुरको गैँडाकोटमा रहेको उक्त उद्योग २०६७ देखि पूर्ण रूपमा बन्द छ । पारिश्रमिक लिन बाँकी कतिपय श्रमिकको मृत्युसमेत भइसकेको ज्ञापन पत्रमा उल्लेख छ ।
उनीहरूले गैँडाकोट नगरपालिकामा रहेको ६० बिघा जग्गालाई यथाशीघ्र व्यवस्थापन गरी कृषि, उद्योग वा नमुना व्यवस्थित बजारका रूपमा विकास गर्ने स्पष्ट योजना बनाइ कार्यान्वयन गर्न समेत माग गरेका छन् ।
५ दिनभित्र आफ्नो माग सम्बोधन नगरे आन्दोलनको कार्यक्रम अगाडि बढाउने उनीहरूको चेतावनी छ ।
अभियानका संयोजक गणेश सापकोटाले भृकुटी कागज कारखानाबारे प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्र अनुसार कदम नचालिए आन्दोलनमा उत्रन बाध्य हुने बताए ।


प्रतिक्रिया 4