+
+
Shares

कांग्रेस सांसद गुरुङको आरोप– सरकार अध्यादेशमार्फत शासन गर्नेतिर उद्यत बन्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकार विधिको शासनभन्दा कानुनमार्फत शासन गर्ने प्रवृत्तितर्फ उद्धत रहेको आरोप लगाएकी छिन्।
  • गुरुङले संसद अधिवेशन छलेर अध्यादेश ल्याउने कार्यप्रति गम्भीर आपत्ति जनाउँदै यसले शक्ति पृथकीकरणको सिद्धान्तलाई गिज्याइरहेको बताएकी छिन्।
  • उनले भूमिसम्बन्धी ऐनको पालना नगरी सुकुमवासीको पहिचान नगरी डोजर चलाएकोमा सरकारको आलोचना गरिन्।

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकार विधिको शासनभन्दा पनि कानुन (अध्यादेश) मार्फत शासन गर्ने प्रवृत्तितर्फ उद्यत रहेको आरोप लगाएकी छिन् ।

सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सरकारको कार्यशैलीले संसदीय सर्वोच्चता र लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरेको बताइन् ।

बैठकमा विशेष ध्यानाकर्षण गराउँदै गुरुङले सरकारले संसद अधिवेशन छलेर अध्यादेश ल्याउने कार्यप्रति गम्भीर आपत्ति पनि जनाइन् ।

‘अहिले देशमा त्यस्तो के विपद् आइलाग्यो जसका कारण संसद छलेर फटाफट अध्यादेश ल्याउनुपर्‍यो ? यसले शक्तिपृथकीकरणको सिद्धान्तलाई गिज्याइरहेको छ,’ उनले बैठकमा आफ्नो धारणा राख्दै भनिन् ।

सांसद गुरुङले आवासको हक सम्बन्धी संवैधानिक व्यवस्था र सुकुमवासी बस्तीमा चलाइएको डोजरका विषयमा पनि सरकारको आलोचना पनि गरिन् ।

‘भूमिसम्बन्धी ऐन, २०२१ को आठौँ र नवौँ संशोधनले भूमिहीन सुकुमवासीको पहिचान र प्रमाणीकरण गरी जग्गा उपलब्ध गराउने व्यवस्था गरेको छ,’ उनले भनिन्, ‘तर सरकारले आफ्नै ऐनको पालना नगरी, सुकुमवासीको पहिचान नै नगरी कुन आधारमा डोजर चलायो ? नागरिकलाई सडकमा ल्याउन सरकारलाई कुन नैतिकताले दियो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?