+
+
Shares

सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यामीहरुको आर्थिक विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीलाई दुईदेखि ६ वर्षसम्म छ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था रहेको बताए।
  • प्रदेश सरकारले घरेलु कपडा उद्यमीहरुको प्रवर्द्धनका लागि चार हजार कर्मचारीले हप्तामा एक दिन घरेलु कपडा लगाउनुपर्ने नीति बनाएको छ।
  • नेपाल उद्योग परिसङ्घद्वारा विराटनगरमा आयोजित महिला नेतृत्व शिखर सम्मेलनमा ३०० महिला सहभागी भई कृषि, सीप र डिजिटल नवप्रवर्द्धनमार्फत दिगो समृद्धि ल्याउने लक्ष्य राखिएको छ।

२१ वैशाख, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यामीहरुको आर्थिक विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल उद्योग परिसङ्घद्वारा आज विराटनगरमा आयोजित महिला नेतृत्व शिखर सम्मेलनको उद्घाटन गर्दै उनले महिला उद्यमीलाई प्रदेश सरकारले दुईदेखि ६ वर्षसम्म ब्याज अनुदानमा १२ बैंकमार्फत छ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था गराएको जानकारी दिए ।

उनले प्रदेश सरकारले नीति तथा कार्यक्रम एवं बजेट बनाउनु अघि महिला उद्यमीहरुले आफ्नो योजना ल्याएर सम्झौता गर्न आग्रह गरे । मुख्यमन्त्री कार्कीले प्रदेशमा दर्ता भएका घरेलु कपडा उद्यमीहरुको प्रवर्द्धन गर्न प्रदेश सरकारअन्तर्गत चार हजार कर्मचारीहरुले हप्तामा एक दिन घरेलु कपडा लगाउनुपर्ने बताए ।

उनले व्यापारीहरुले प्रदर्शनीस्थलका लागि जग्गा उपलब्ध गराएमा प्रदेश सरकारले भवन निर्माणका लागि बजेट विनियोजन गर्ने जानकारी दिए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गत वर्ष आयोजना गरेको लगानी सम्मेलनमा सम्झौता भएका एक दर्जन परियोजना र जेठ महिनाभित्र थप चार वटा परियोजना कार्यान्वयनमा आउने बताए ।

उनले किसानका कृषि उत्पादनलाई बजारमा जोड्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । परिसङ्घका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डे, महिला उद्यमी एवं सांसद विदूषी राणा, पवल गोल्याण लगायतले आगामी दिनमा एक हजार महिलालाई रोजगारी उपलब्ध गराउने बताए ।

सम्मेलनमा प्रदेशका ३०० महिलाको सहभागिता रहेको छ । परिसङ्घले मेक इन नेपालको १४ स्टलमा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी गरिएको छ । सम्मेलनले महिलालाई कृषि, सीप, सिर्जनशिलता र डिजिटल नवप्रवर्द्धनमार्फत दिगो समृद्धि ल्याउनु सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?