+
+
Shares

रोशीमा फसेको माइक्रोबसका यात्रुको उद्धार, डेढ सय बढी सवारी रोकिए

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते २१:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको रोशी खोलामा फसेका ६०/६५ जना यात्रुहरूलाई सशस्त्र प्रहरी बलले डोरी र जेसीबीको माध्यमबाट उद्धार गरेको छ।
  • रोशी खोलामा पानीको सतह बढेर सडक कट्टान हुँदा बीपी राजमार्ग अवरुद्ध भएको छ।
  • सशस्त्र प्रहरीले जोखिमलाई मध्यनजर गर्दै काठमाडौंतर्फ आउँदै गरेको १ सय ६० वटा सवारी साधन रोकेको छ।

२१ वैशाख, काठमाडौं । बीपी राजमार्ग अन्तर्ग काभ्रेको रोशी खोलामा फसेका ईभी माइक्रोबसका यात्रुको उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार, ईभी हायसमा फसेका ६०/६५ जना यात्रुहरूलाई डोरी र जेसीबीको माध्यमबाट उद्धार गरिएको हो ।

नमोबुद्ध नगरपालीका–६ चौकीडाँडा र रोशी गाउँपालिका ७ चारसय बेशीस्थित रोशी खोलामा पानीको सतह बढ्न गई सडक कट्टान गरी बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

१५ नम्बर गण काभ्रे र मनसुन प्रतिकार्य बेश भकुण्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै उद्धारकार्यमा खटिएको डीएसपी थापाले बताए ।

उनका अनुसार, बिपी राजमार्ग सडकखण्डमा आवत जावत गर्ने सवारी साधनहरूको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रोशी गाउँपालिका–७ लासटोलबाट काठमाडौंतर्फ आउँदै गरेको १ सय ६० वटा  सवारी साधनहरु रोकेर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?