News Summary
Generated by OK AI. Editorially reviewed.- भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाले चार स्थानीय तहमा ४६१ कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरेको छ।
- शिविर रोल्पा नगरपालिकामा १२०, सुनिलस्मृति गाउँपालिकामा ५८, लुंग्री गाउँपालिकामा १२७ र परिवर्तन गाउँपालिकामा १५६ कुकुरमा गरिएको छ।
- कार्यालय प्रमुख डा. शंकर न्यौपानेले रेबिज रोग नियन्त्रण र कुकुरको अनियन्त्रित वृद्धि रोक्न अभियान सञ्चालन गरिएको बताउनुभयो।
२३ वैशाख, रोल्पा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाले जिल्लाका चार स्थानीय तहमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ ।
विज्ञ केन्द्रका अनुसार रोल्पा नगरपालिकामा १२०, सुनिलस्मृति गाउँपालिकामा ५८, लुंग्री गाउँपालिकामा १२७ र परिवर्तन गाउँपालिकामा १५६ वटा घरपालुवा तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।
करिब ४६१ कुकुरको बन्ध्याकरण गरिएको गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाले जनाएको छ ।
रेविज रोग नियन्त्रण तथा कुकुरको अनियन्त्रित वृद्धि रोक्ने उद्देश्यले सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डा. शंकर न्यौपानेले बताए ।
‘रेबिज रोग र कुकुरको अनियन्त्रित वृद्धि रोक्ने उद्देश्यले हामीले अभियान सञ्चालन गरेका हौं’, कार्यालय प्रमुख न्यौपानेले भने ।
प्रतिक्रिया 4