+
+
Shares

कांग्रेस संस्थापन इतर समूहले बागमती प्रदेशस्तरीय भेला आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १६:१७

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहले काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ ।

इतर पक्षीय नेता प्रकाशमान सिंहको निजी निवास, चाक्सीबारीमा बुधबार अगुवा नेता कार्यकर्तासँग छलफल भएको थियो ।

उक्त छलफलले यही वैशाख ३० गते काठमाडौंमा बागमती प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरेको हो ।

पार्टीलाई एकताबद्ध बनाउन उक्त भेला आयोजना गरिएको संस्थापनइतर पक्षीय नेताहरूले बताएका छन् ।

छलफलमा नेताहरू प्रकाशशरण महत, कान्छाराम तामाङ लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?