+
+
Shares

मनोज गजुरेलले नाटकमा डेब्यू गर्ने, ८ जेठदेखि कान्तिपुर थिएटरमा ‘महाभारत’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्तिपुर थिएटरले आगामी जेठ ८ देखि ३१ गतेसम्म कुलदीप कुणालको लेखनमा आधारित नाटक 'महाभारत' मञ्चन गर्ने भएको छ।
  • नाटकमा हाँस्य कलाकार मनोज गजुरेलले रंगमञ्चमा डेब्यू गर्नेछन् भने रमेश बुढाथोकी र विशाल पहारीले पनि अभिनय गर्नेछन्।
  • नाटकको निर्देशन नवीन भट्टले गर्नेछन् र रिहर्सल कान्तिपुर फिल्म एकेडेमी, गैरीधारामा भइरहेको छ।

काठमाडौं । कान्तिपुर थिएटरले मञ्चन गर्न लागेको नाटक ‘महाभारत’ बाट हाँस्य कलाकार मनोज गजुरेलले रंगमञ्चमा डेब्यू गर्ने भएका छन् ।

स्टार कलाकारलाई लिएर पछिल्लो समय धमाधम नाटक मञ्चन गरिरहेको उक्त थिएटरले बुधबार आगामी नाटकको घोषणा गरेको हो । कुलदीप कुणालले लेखेको नाटकलाई नवीन भट्टले निर्देशन गर्दैछन् ।

गजुरेलसँगै यो नाटकमा नेपाली फिल्मका चर्चित कलाकार रमेश बुढाथोकी र विशाल पहारीले पनि अभिनय गर्दैछन् । अहिले यो नाटकको रिहर्सल कान्तिपुर फिल्म एकेडेमी, गैरीधारामा भैरहेको छ ।

अन्य कलाकारमा सन्दीप श्रेष्ठ, सुप्रज्ञा शर्मा र प्रतीक चौधरी लगायत २० जना कान्तिपुर थिएटरका कलाकार मञ्चमा देखिँदैछन् ।

नाटकमा नेपाली अनुवाद तथा नाट्य रूपान्तरण प्रकाश दाहालले, लाइट परिचालन दीपेश गजुरेलले, सेट डिजाइन तुफान थापाले र म्युजिक कम्पोज अनुप तिमिल्सिनाले गर्दैछन् ।

नाटक यही जेठ ८ गतेदेखि ३१ गतेसम्म मञ्चन हुनेछ । थिएटरले यसअघि ‘मीरा’, ‘शिरीषको फूल’ र ‘महारानीको जात्रा’ नाटक मञ्चन गरेको थियो । ती नाटकहरूमा रेखा थापा, जीवन लुइँटेल, बेनिशा हमालले अभिनय गरेका छन् ।

थिएटरको पछिल्लो नाटक ‘सेतो धरती’ हरेक शो हाउसफुल हुँदै शनिबार अन्तिम मञ्चन सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?