+
+
Shares

सुकुमवासीको कथा भन्ने फिल्म ‘आँखा’ ले जित्यो अमेरिकामा अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १३:४१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जौन योञ्जनद्वारा निर्देशित फिल्म 'आँखा' ले अमेरिकामा आयोजना भएको वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई रेमी अवार्ड जितेको छ।
  • फिल्मले 'विदेशी फिचर' विधामा प्लेटिनम रेमी अवार्ड र 'निर्देशन–क्राफ्ट' विधामा गोल्ड अवार्ड जितेको आयोजक कमिटीले इमेलमार्फत जानकारी गराएको छ।
  • यसअघि फिल्मले ६२औं एसिया प्यासिफिक फिल्म फेस्टिभलमा उत्कृष्ट चलचित्रको उपाधि जितेको थियो।

काठमाडौं । जौन योञ्जनद्वारा निर्देशित फिल्म ‘आँखा’ ले अमेरिकामा आयोजना भएको वल्र्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा दुई प्रतिष्ठित ‘रेमी अवार्ड’ जितेको छ ।

आयोजक कमिटीले इमेलमार्फत फिल्मले दुई विधामा अवार्ड जितेको आधिकारिक जानकारी गराएको हो । यस फिल्मले ‘विदेशी फिचर’ विधामा उत्कृष्ट हुँदै ‘प्लेटिनम रेमी अवार्ड’ र ‘निर्देशन–क्राफ्ट’ विधामा ’गोल्ड अवार्ड’ जितेको छ ।

सन् १९६१ मा स्थापना भएको यो फेस्टिभल विश्वकै सबैभन्दा पुरानो स्वतन्त्र चलचित्र महोत्सवमध्ये एक मानिन्छ । स्टिभन स्पिलबर्ग, जर्ज लुकास, डेभिड लिन्च र आङ ली जस्ता दिग्गज हलिउड निर्देशकले पनि आफ्नो करियरको सुरुवातमा यही महोत्सवबाट रेमी अवार्ड प्राप्त गरेका थिए ।

यसअघि यस फिल्मले ६२औं संस्करणको एसिया प्यासिफिक फिल्म फेस्टिभलमा ‘उत्कृष्ट चलचित्र’को उपाधि जितेको छ ।

सुकुम्वासी बस्तीमा जीवनयापन गरिरहेका सामान्य मानिसको कथा, सङ्घर्ष र यथार्थलाई मार्मिक रूपमा चित्रण गरेको यस फिल्ममा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?