+
+
Shares

‘नोभा’ आइसक्रिम खान अयोग्य, बजारबाट तत्काल फिर्ता लिन खाद्य विभागको निर्देशन

विभागले उपभोक्ताहरूलाई समेत स्वास्थ्य जोखिम ध्यान दिँदै उक्त ब्याचको उत्पादन प्रयोग नगर्न सचेत गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रालिबाट उत्पादित 'नोभा' ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अनुपयुक्त भएको भन्दै बजारबाट फिर्ता लिन निर्देशन दिएको छ।
  • प्रयोगशालामा परीक्षण गर्दा उक्त आइसक्रिममा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र इन्टेरोब्याक्टेरिएसी काउन्ट मापदण्डभन्दा बढी भेटिएको विभागले जनाएको छ।
  • खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को प्रावधान बमोजिम फिस्टेल डेरीलाई उक्त ब्याचको आइसक्रिम बिक्री वितरण नगर्न निर्देशन दिइएको छ।

३ जेठ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरास्थित फिस्टेल डेरी प्रालिबाट उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अनुपयुक्त भएको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।

विभागले बजार अनुगमन क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरहीन पाइएकाले उक्त उत्पादनमा रोक लगाएको हो ।

प्रयोगशालामा गरिएको परीक्षण क्रममा उक्त आइसक्रिममा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र इन्टेरोब्याक्टेरिएसी काउन्ट जस्ता हानिकारक जीवाणुहरूको उपस्थिति मापदण्डभन्दा बढी भेटिएको छ ।

यस्ता ब्याक्टेरियाको उपस्थितिले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने देखिएकाले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को प्रावधान बमोजिम यो कदम चालिएको विभागले जनाएको छ ।

पोखरा औद्योगिक क्षेत्रमा रहेको उक्त डेरीबाट उत्पादित ब्याच नम्बर सीओ२ रहेको १ हजार मिलिलिटरको आइसक्रिम बजारबाट तुरुन्त फिर्ता गर्न आदेश दिइएको छ ।

उत्पादन मिति १९ साउन २०८२ उल्लेख भई १२ महिनासम्म उपभोग्य अवधि रहेको उक्त ब्याचका सबै आइसक्रिम खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८ को उपदफा २ र ४ बमोजिम बिक्री वितरण नगर्न र नगराउन समेत विभागले सम्बन्धित उत्पादकलाई निर्देशन दिएको छ ।

विभागले उपभोक्ताहरूलाई समेत स्वास्थ्य जोखिम ध्यान दिँदै उक्त ब्याचको उत्पादन प्रयोग नगर्न सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?