+
+
Shares

नबिल बैंकको ‘एनबैंक’ एपमार्फत सरल रुपमा एसआईपी सेवा लिन सकिने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नबिल बैंकले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ।
  • वैशाख ३१ गते नबिल बैंक र नबिल इन्भेस्टमेन्ट बैंकिङबीच समझदारीपछि सेवा सुरु गरिएको हो।
  • ग्राहकले एनबैंकबाट ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’मा दर्ता र किस्ता भुक्तानी गर्न सक्नेछन्।

३ जेठ, काठमाडौं । नबिल बैंकले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ। लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

यही वैशाख ३१ गते बैंक र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडबीच भएको समझदारीसँगै यो सुविधा सुरु भएको हो। समझदारी पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।

एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले एनबैंकमार्फत उक्त सेवा सुरु गरिएको बैंकले जनाएको छ । एकीकृत लगानी सेवा सुरु भएसँगै ग्राहकले अब ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआईपी)मा दर्ता हुन र किस्ता भुक्तानी गर्ने काम मोबाइबाटै गर्न सकिने छ ।

एनबैंकका प्रयोगकर्ताले एनबैंकको होमपेजमा गई ‘इन्भेस्टमेन्ट, एसआइपी, टीएमएस’ आइकनमा क्लिक गरी एसआईपीमा दर्ता हुन र भुक्तानी गर्न सक्नेछन् । यस सुविधा प्रयोग गर्दा अतिरिक्त शुल्क नलाग्ने बैंकले जनाएको छ ।

‘ग्राहकलाई लगानी गर्नका लागि सरल, पहुँचयोग्य र पूर्ण रूपमा डिजिटल सेवा प्रदान गर्नु नै बैंकको उद्देश्य हो’ बैंकका नायब प्रमुख बजगाईंले भने। ‘एनबैंकमा यो सुविधा थपिएसँगै ग्राहकलाई लगानीतर्फ आकर्षित गर्ने विश्वास लिएका छौं।’

उक्त सेवामार्फत विदेशमा रहेका नेपालीले पनि नेपालको वित्तीय बजारमा सहज रूपमा सहभागी हुन र आर्थिक रूपमा जोडिन पाउने बैंकको भनाइ छ । विस्तारित सुविधासँगै एनबैंकले आफ्ना डिजिटल सेवालाई निरन्तर सुधार गर्दै सेवाग्राहीलाई एकीकृत प्लेटफर्ममार्फत वित्तीय सेवा थप विस्तार गर्दै लैजाने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?