+
+
Shares

नेपाल बार एसोसिएसनको ठहर– सर्वोच्च प्रशासनले रिट निवेदन दर्ता नगर्नु अधिकार बाहिरको कार्य

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीठ गरेर विना कारण राख्नु सर्वोच्च प्रशासनको अधिकार बाहिरको कार्य भएको ठहर गरेको छ।
  • बार एसोसिएसनले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेश पालना नगर्नु प्रशासनको असाधारण र अप्राकृतिक रवैया भएको बताएको छ।
  • बारले यस्तो प्रशासनको रवैया अभिलेखीकरण हुने, विस्मृतिमा नजाने ऐतिहासिक भूल र प्रचलित कानून आकर्षित गर्ने घटना भएको उल्लेख गरेको छ।

४ जेठ, काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीठ गरेर विना कारण राख्नु सर्वोच्च प्रशासनको अधिकार बाहिरको कार्य रहेको ठहर गरेको छ ।

उक्त कार्यले न्याय मार्गमा समेत अवरोध पुर्‍याउने कार्य भएको ठहर बार एसोसिएसनले गरेको हो ।

सोमबार दिउँसो बसेको बारको आकस्मिक बैठकले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेश समेत प्रशासनले पालना नगरेको भन्दै आपत्ति जनाएको छ ।

‘सर्वोच्च अदालतसमक्ष परेको दरपीठ उपरको निवेदन विना कारण दर्ता नगरी त्यत्तिकै राख्नु स्पष्टत: प्रशासनको अधिकार बाहिरको र न्याय मार्गमा अवरोध पुर्‍याउने कार्य भएको नेपाल बार एसोसिएसन ठहर गर्दछ’, महासचिव केदारप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै, प्रशासनको रवैया असाधारण र अप्राकृतिक मात्र नभई अभिलेखीकरण हुने, विस्मृतिमा नजाने ऐतिहासिक भूल एवं प्रचलित कानून आकर्षित हुने घटना समेत भएको स्पष्ट धारणा रहेको बारले जनाएको छ ।

‘न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधानन्यायाधीशको आदेश समेत पालन नगर्ने प्रशासनको रवैया असाधारण र अप्राकृतिक मात्र होइन यो अभिलेखीकरण हुने, विस्मृतिमा नजाने ऐतिहासिक भूल एवम् प्रचलित कानून आकर्षित हुने घटना समेत हो भन्ने हाम्रो स्पष्ट धारणा छ’, बारले विज्ञप्तिमा भनेको छ ।

कामु प्रधानन्यायाधीश मल्लले दरपीठ भएका रिट निवेदनहरू दर्ता गर्न आदेश दिएको र प्रशासनले समेत अवज्ञा गरेको विषयमा बारले ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?