+
+
Shares

प्रस्तावित प्रधानन्यायाधीश शर्माउपर परेका उजुरी खोलियो, सुनुवाइ आजै

प्रस्तावित प्रधानन्यायाधीश शर्मा उपर १६ वटा उजुरी परेका छन् । आज उजुरीकर्तासँग छलफल गर्ने र आजै शर्माको सुनुवाइ गर्ने तयारी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते ८:५१

५ जेठ, काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिको जारी बैठकमा उनीमाथि परेका उजुरीको विवरण र शर्माका कार्ययोजना सांसदहरुलाई सदस्यहरुलाई वितरण गरिएको छ ।

शर्मा उपर १६ वटा उजुरी (११ वटा इमेलबाट र ५ वटा लिखित निवेदन) परेका छन् ।

समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार आज उजुरीकर्तासँग छलफल गर्ने र आजै प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ गर्ने तयारी छ ।

२४ वैशाखमा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?