News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि १५ सदस्यीय प्राविधिक समिति गठन गरेको छ।
- टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन, नीति सुधार र कानुन संशोधनका लागि सिफारिस गर्ने छ।
- टास्क फोर्सले २० वटा वडामा नमुना परियोजना कार्यान्वयन, प्राविधिक सहयोग र अनुगमन गर्ने जिम्मेवारी पाएको छ।
५ जेठ काठमाडौं । मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन गरिएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि टास्क फोर्स गठन गरेको हो ।
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा १५ सदस्यीय टास्क फोर्स गठन गरिएको मन्त्रालयले जनाएको छ ।
टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन-अनुसन्धान, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानुन संशोधनका लागि सिफारिस गर्ने छ ।
त्यस्तै सूचकका आधारमा २० वटा वडामा नमुना परियोजना छनोट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि टास्क फोर्सलाई दिइएको छ ।
संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बाली–नालीको राहत प्रणाली सरल, प्रभावकारी र समयसापेक्ष बनाउन सुझाव दिने व्यवस्था पनि गरिएको छ ।
प्रतिक्रिया 4