+
+
Shares

श्रम संस्कृतिका सांसदको प्रश्न– जिबी राई कहिले पक्राउ पर्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगीका आरोपी जिबी राई कहिले पक्राउ पर्छन् भनी प्रतिनिधिसभामा प्रश्न गरे ।
  • उनले प्रतिनिधिसभा बैठकमा बाँदर व्यवस्थापन, सुकुमवासी समस्या समाधान र सहकारी पीडितको बचत फिर्ताका विषयमा समेत सरकारको ध्यानाकर्षण गराए ।
  • सांसद राईले सहकारीमा डुबेको पैसा बचतकर्ताले कहिले र कसरी फिर्ता पाउँछन् भन्दै किसानका समस्या तत्काल समाधान गर्न आग्रह गरे ।

१२ जेठ, काठमाडौं । सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका जिबी राई कहिले पक्राउ पर्छन् ? भनेर संसद्मा प्रश्न उठेको छ ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सरकारलाई यी लगायतका प्रश्न गरेका हुन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ? सुमुमवासी र अव्यवस्थित बसोबासीलाई सरकार छ भन्ने अनुभूत हुने गरी व्यवस्थापन कहिले हुन्छ सरकार ? जिबी राई कहिले पक्राउ पर्छन् सरकार ?’

सहकारीमा डुबेको पैसा बचतकर्ताले फिर्ता पाउनुपर्ने तर राज्यले तिरिदिने विषय के हो भनेर पनि सोधे ।

किसानको समस्या समाधान व्यवहारमै गर्न उनले आग्रह गरे । सडक आयोजनाहरूको अवस्था ख्याल गर्न सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?