+
+
Shares

श्रम संस्कृतिले समानुपातिक सांसदको नाम टुंग्यायो, को-को परे ?

धरानमा आज बसेको केन्द्रीय समिति बैठकले ४ जनाको नाम टुंगो लगाएको पार्टी प्रवक्ता सत्य घलेले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ सुनसरीका पूर्ण लिम्बू, धनुषाकी रुवीकुमारी ठाकुर, सुनसरीकी अम्बिकादेवी संग्रौला र सुर्खेतकी राधिका रम्तेलको नाम टुंगो लगाएको छ।
  • पार्टीले आदिवासी, मधेशी, खसआर्य र दलित क्लस्टरबाट चार सांसदको नाम निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ।
  • समानुपातिकतर्फ महिला कार्यकर्ताहरू बढी भएकाले थोरै सिटमा नाम टुंग्याउन अध्यक्ष साम्पाङलाई सकस भएको उनले बताए।

१ चैत, सुनसरी । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ ।

धरानमा आज बसेको केन्द्रीय समिति बैठकले ४ जनाको नाम टुंगो लगाएको पार्टी प्रवक्ता सत्य घलेले जानकारी दिए । बैठकले टुंगो लगाएको नाम आयोगमा पठाइने उनले बताए ।

श्रम संस्कृति पार्टीले समानुपातिकमा आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू (पुरुष), मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) को नाम टुंगो लगाएको हो ।

आदिवासीबाट छनोटमा परेका लिम्बू बृटिस गोर्खा भूपु सैनिकका क्याप्टेन हुन् । उनको नाम अध्यक्ष साम्पाङले आइतबार बिहानै एक कार्यक्रमबाट सार्वजनिक गरेका थिए ।

धनुषाकी ठाकुर जेनजी हुन् । पार्टीले जेनजी समूहलाई पनि अनिवार्य समेट्ने उद्देश्यले मधेशी महिलाबाट ठाकुरको नाम समावेश गरेको अध्यक्ष साम्पाङले बताए ।

समानुपातितर्फ पार्टीमा महिला कार्यकर्ताहरू सांसदका आकांक्षी बढी देखिएपछि थोरै सिटमा मिलाउन सकस भएको थियो । यसअघि आदिवासी महिला क्लस्टरमा मकवानपुरकी मन्दिरा मोक्तान, काठमाडौंकी आशा लामा र सुनसरीकी समला राईको नाम चर्चामा थियो । पुरुषहरूमा भने खसआर्य क्लस्टरमा अपाङ्गता (दृष्टि सम्बन्धी) भएका मोरङका जीवन विष्टसँग भद्र सहमति भएपछि क्याप्टेन लिम्बूको नाम सिफारिस भएको थियो ।

पार्टीले निर्वाचन आयोगले तोकेअनुसार क्लस्टर मिलाउने प्रयास गर्दा समानुपातिक सिट थोरै तर सांसद बन्न चाहने आकांक्षीहरू धेरै भएपछि बन्द सूचीमा रहेका समानुपातिक उम्मेद्वारहरू मध्येबाट नाम टुंग्याउन साम्पाङलाई सकस भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?