+
+
Shares

विपक्षीको अवरोधबीच सभामुखले अघि बढाए संसद्

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षीको अवरोधबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची अघि बढाउनुभयो ।
  • विपक्षीहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विरोध गरेका छन् ।
  • पर्यटनमन्त्री खडकराज पौडेलले संसद्मा पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

१२ जेठ, काठमाडौं । विपक्षीहरूको अवरोधबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची अघि बढाएका छन् ।

संसद्मा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् ।

विरोधकैबीचमा सभामुख अर्यालले कार्यसूची अघि बढाएका हुन् ।

लगत्तै, पर्यटनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

सभाको अन्य कार्यसूचीमा पनि सभामुखले काम अघि बढाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?