+
+
Shares

एलजी इलेक्ट्रोनिक्सले ल्यायो नयाँ ‘डुअलकुल एयर कन्डिसनर’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नयाँ डुअलकुल इन्भर्टर एयर कन्डिसनर सार्वजनिक गर्नुभयो ।
  • यस उपकरणमा विद्युत् खपत प्रभावकारी रूपमा व्यवस्थापन र अनुगमन गर्न ‘किलोवाट म्यानेजर’ नामक नयाँ स्मार्ट प्रविधि राखिएको छ ।
  • नयाँ कन्डिसनरमा ९९ प्रतिशतसम्म ब्याक्टेरिया हटाउने ‘फ्रिज क्लिन’ प्रविधि र भोल्टेज उतारचढाव खप्ने स्टेबलाइजर–फ्री प्रणाली रहेका छन् ।

१२ जेठ, काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीमा नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर (आरएसी) शृंखला औपचारिक रूपमा सार्वजनिक गरेको छ।

होटल विभान्त, काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी यो उपकरण सार्वजनिक गरिएको हो । उक्त उत्पादनको औपचारिक अनावरण चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले गरेका हुन् ।

नयाँ डुअलकुल एयर कन्डिसनरमा ‘किलोवाट म्यानेजर’ नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि प्रस्तुत गरिएको छ, जुन नेपाली घरपरिवारमा प्रभावकारी, ऊर्जा–दक्ष तथा लागत–सचेत कन्डिसनरको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको कम्पनीको भनाइ छ ।

‘नयाँ शृंखलाको मुख्य आकर्षण नै एलजीको किलोवाट म्यानेजर हो, जुन ऊर्जा बचत गर्ने स्मार्ट सुविधा हो र यसले प्रयोगकर्तालाई विद्युत् खपत अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ।

कम्पनीका अनुसार साधारण सेटअपमार्फत प्रयोगकर्ताले आफूले चाहेको विद्युत् खपत सीमा र सञ्चालन अवधि निर्धारण गर्न सक्छन् ।  ‘एलजी थिनक्यू कनेक्टिभिटीमार्फत प्रयोगकर्ताले वास्तविक समयको विद्युत् खपत अनुगमन गर्न सक्छन्, असामान्य वा अत्यधिक विद्युत् उपयोगबारे सूचना प्राप्त गर्न सक्छन्’ विज्ञप्तिमा भनिएको छ, ‘प्रयोग शैली तथा प्राथमिकतानुसार स्वचालित ऊर्जा बचत अनुकूलनको लाभ लिन सक्छन् ।’

यसमा रहेको एलजीको ‘फ्रिज क्लिन’ प्रविधिले इभापोरेटरमा जम्मा भएका अशुद्धी वरिपरि बरफको तह बनाउँछ र बरफ पग्लिने क्रममा ती कण ड्रेनेजमार्फत बाहिर निकालिन्छन्, जसले उपकरणको भित्री भाग सफा राख्न सहयोग पुर्‍याउने एलजीले जनाएको छ ।

‘फ्रिज क्लिन, सुविधाले इभापोरेटरमा रहेका अवशिष्ट ब्याक्टेरियामध्ये ९९ प्रतिशतसम्म हटाउन सक्षम रहेको परीक्षणले देखाएको छ’ विज्ञप्तिमा भनिएको छ ।

कम्पनीका अनुसार यसमा अतिरिक्त सुरक्षा प्रदान गर्ने गोल्ड फिन एन्टी–कोरोसन कोटिङ, राम्रो ताप स्थानान्तरण र दीर्घकालीन टिकाउपनका लागि १०० प्रतिशत कपर ट्युब, नेपालमा सामान्य रूपमा हुने भोल्टेज उतारचढावका बीच पनि भरपर्दो सञ्चालन सुनिश्चित गर्ने स्टेबलाइजर–फ्री अपरेसन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?